0 COMMENTS

काठमाडौं२५ असार २०७७/ रातभरको अविरल वर्षाका कारण आएको बाढी-पहिरोले सिन्धुपाल्चोकका दर्जनौँ घरमा क्षति पुगेको छ ।बाह्रबिसे नगरपालिका र त्यस उँभोको क्षेत्रमा ठाडा खोलाहरु उर्लँदा दर्जनौँ घरमा क्षति पुर्‍याएको छ ।

अरनिको राजमर्गको जम्बु, खागदल बजारमा बाढीले ठूलो क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । खागदलको पक्की पूल नै बगाएको जनाइएको छ ।उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको र केही व्यक्ति सम्पर्कविहीन भएको जनाइएको छ ।

बाह्रबिसे नगरपालिका उपप्रमुख सुशीला पाख्रिनले बताएअनुसार वर्षाले कति क्षति भयो भन्ने यकिन हुनसकेको छैन ।

बाह्रबिसेको खोर्सानीवारीभन्दा माथितिर जान नसकिएको र टेलिफोन अवरुद्ध भएको पाख्रिनले बताइन् ।

“खोला सडकमाथि बगिरहेको छ, उद्धारका लागि जानसक्ने अवस्था छैन”, उनले भनिन् । निरन्तर पानी परिरहेकाले पहिरो आएको हो । भोटेकोशी नदीको बहाव बढ्नाले आसपासका नागरिक त्रसित बनेका छन् । सबैलाई सुरक्षित रहन उपप्रमुख पाख्रिनले अनुरोध गरेकी छन् ।

सभामुख सापकोटा प्रभावित क्षेत्र जाँदै

सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढी पहिरोले व्यापक क्षति गरेपछि उद्धारका लागि सभामुख अग्निप्रसाद सापकोटा घटनास्थल जान लागेका छन्।

हेलिकप्टर लिएर उद्धार गर्न सभामुख जान लागेको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।

‘अहिले हेलिकप्टर लिएर घटनास्थल जाने तयारीमा छौँ। तर,समय निश्चित भइसकेको छैन’ उनले भने।

भीषण बाढी पहिरोले बाह्रबिसे नगरपालिका–३ जम्बुमा १५ घरभन्दा बढी डुबानमा परेका छन्। पहिरोले कारणले १८ जना बेपत्ता भएका छन्।

भने दुई जनाको शव फेला परेको छ। कति क्षति भयो एकिन गर्न सक्ने अवस्था छैन। सो क्षेत्र सभामुखको निर्वाचन क्षेत्र हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।