0 COMMENTS

काठमाडौं२२असार०७७ । अजोड इन्स्योरेन्सले असार २५ गतेदेखि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले बुधबार आव्हान पत्र जारी गर्दै ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ विक्री गर्ने जानकारी दिएको हो ।

सर्वसाधारणका लागि छुट्याईएको कुल ३० कित्ता आईपीओ मध्य कम्पनीले १ लाख २० हजार कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएर बाँकी रहेको २७ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री खुला गर्न लागेको हो । छिटोमा असार २९ र ढिलोमा साउन ८ गतेसम्म विक्रीमा रहने यस आईपीओ खरिद गर्न चाहनेले न्यूनतम १० कित्तादेखि अधितम १० हजार कित्तासम्म आवेदन गर्न सक्नेछन् ।

अजोडको आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औषतभन्दा तल रहेको संकेत गर्ने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । आईपीओ विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै कम्पनीको केन्द्रिय कार्यालय सुन्धारा र धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । साथै , मेरो शेयर मार्फत घरमै बसेर पनि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।