0 COMMENTS

काठमाडौँ, २० असार । गएरातिको वर्षाले नेपालका पश्चिमी क्षेत्रमा भौतिक क्षतिसमेत गरेको छ । नेपालमा मनसुनी वायु सक्रिय हुँदा देशभरको मैसम सकृय भैरहेको छ । मौसम पूर्वानुमान महासाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेश र प्रदेश ५ का केही ठाउँहरुमा वर्षा भैरहेको छ ।

आज विहान केही ठाउँमा मात्रै वर्षा भएपनि दिउँसो भने मुलुकका सबै स्थानमा सामान्य बदली भई केही ठाउँमा मध्यम वर्षाको संभावना रहेको छ । त्यस्तै मेघगर्जन र चट्याङ्ग पनि पर्ने संभावना रहेको मौसम पूर्वानुमान महासाखाले जनाएको छ । प्रदेश १, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

त्यस्तै आज राति मुकभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। वर्षाको कारण पहिरो तथा बाढी आउन सक्नाले सम्भावित जोखिमबाट बच्न मौसमविदहरुले अनुरोध गरेका छन् । वर्षाका कारण नदीहरुको बहाब बढ्ने डल निकासी नहुने स्थानमा डुवान हुने जस्ता जोखिमहरु रहेको मौसमविदहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।