0 COMMENTS

काठमाडौं३०जेष्ठ०७७ ।शिवसेना नेपाल बारा जिल्ला केन्द्रिय सदस्य हरि नारायण प्रसाद साह जिल्ला उपाध्यक्ष पसुराम शराफको नेतृत्वमा‘गणतन्त्र मुर्दावाद, राजसंस्था जिन्दावाद’ शिव सेना नेपाल जिन्दावाद, भन्ने नारा लगाउँदै शिव सेना नेपालका कार्यकर्ताहरुले बारामा राँके जुलुस प्रदर्शनी गरेकाछन ।

लक डाउनको समयमा प्रहरीको समेत हस्तक्षेप हुँदाहुँदै पनि तेसकाे कुनै प्रवाह नगरी शिव सेनाका नेता कार्यकर्ताहरुले राँके जुलुस निकालेका थिए ।

भारतले नेपालकाे जमीन लिपुलेक, कालापानी र लिम्पियाधुरा लगयतमा ठाडाे हस्तक्षेप गर्दै सिमा अतीक्रमण गर्दै बाटाे निर्मण गरेर पुर्खाले दुखले अार्जेकाे माटाे माथी भारतले गिद्दे दृष्टि लगायकाे र नेताहरुले जनताकाे हित बिपरीत राष्ट घाति MCC स‌ंसदले पास गराउन खाेजेकाे भन्दै स्वत:स्फुर्त रुपमा निक्लीयकाे उक्त राँके जुलुसमा बुद्धिजीवी,उध्याेग ब्पवसायि,युवा लगायतकाे स‌ंलग्नता थीयाे । उक्त राँके जुलुसमा राजसंस्था को माग सहित सयौं शिवसैनिक हरु द्वारा आफ्नो भुमि एक इन्च छोडने बाला छैन भन्दै राँके जुलुसमा सहभागीहरुले स्थानीय भाषामा  

राष्टघाती सम्झाेता ना चाही,हमनी के राजा हमनी के देश -ज्यान से भी प्यारा रहे
शिव सेना नेपाल-जिन्दावाद
सिमाना मिटावे के ना मिली-ना मिली ना मिली
राजा ल्याइ-देश आैर धर्म बचार्इ
शिव सेना नेपाल-जिन्दावाद
गाँव गाँव मे हल्ला वारे- राजा ल्यावे के सलाह वा काे नारा सहीत 

‘एमसीसी मुर्दावाद,‘राजसंस्था ल्याऔं, देश बचाऔं’ गाउ गाउमा हल्ला छ, राजा अाउने सल्लाह छ, राजा अाउ देश बचाउ,राजतन्त्र जिन्दाबाद,राजा जनता एक हाै जस्ता नारा सहीत सयाै काे संख्यामा राँकाे सहीत प्रदर्शनीमा उत्रीयकाे शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत (अनिल बाबा) ले बताएकाछन ।शिव सेना नेपालका कार्यकर्ताहरुले देशभर शृंखलाबद्धरुपमा राँके जुलुस निकालिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।