0 COMMENTS

 काठमाडौँ १०जेष्ठ०७७। बूढानीलकण्ठ नगरपालिका  हाल सम्म गरीएकाे  “आर. डी. टि .” परिक्षणकाे  ३२ जनामा आरडिटी पोजेटिभ भेटिएकाे छ ।

नगरपालिकाका १३ वडामा बन्दाबन्दीमा दिनरात अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्य, सुरक्षा र सञ्चारकर्मी, जनप्रतिनिधि र फोहोरमैला व्यवस्थापनमा संलग्नहरुकाे “आर. डी. टि .” परिक्षण गरीएकाे थीयाे । 

 बूढानीलकण्ठ नगरपालिकाले जेष्ठ ८ गते बाट सञ्चालन गरेको आरडीटी टेष्टमा २ सय ७८ जनाको परिक्षण गरेको थियो भने ९ गते शुक्रबार १ सय ९० जनाको “आर. डी. टि .” परिक्षण गरिएको थियो। हालसम्म बुढानिलकण्ठ नगरपालिकामा ४ सय ७८ जनाको “आर. डी. टि .”  परिक्षण गरिएको छ। भने ९२ जनाकाे “पिसिआर”  परिक्षण गरिएको छ ।

जेष्ठ ८ गते बिहिबार बाट नगरपालिकाकाे बिभिन्न स्थानमा स‌न्चालनगरीएकाे  “आर. डी. टि .”परिक्षणमा  पहिलाे दिन १५ पुरुष र ६ जना महिलामा पोजेटिभ देखिएको थियो भने जेष्ठ ९ गतेको पारिक्षणमा ३ जना महिला र ८ जना पुरुषमा “आर. डी. टि .” नतिजा पोजिटिभ देखिएको हो। त्यस्तै जेष्ठ ८ गते ५१ जना र ९ गते ४१ जनाको “पिसिआर” परिक्षणका लागि स्वाव संकलन गरिएको छ। 

“आर. डी. टि .” पोजेटिभ देखिएका सबैलाई नगरपालिकाले व्यवस्था गरेको क्वारेन्टिनमा राखिएको र आर. डी. टि . प्रारम्भिक परिक्षण भएकोले “पिसिआर” नतिजा चाडै आउने जानकारी दिदै नगर प्रवक्ता नवराज भट्टराईले यस परिस्थितिमा संयम ,सचेत र सजग भएर घर भित्र रहनका लागि नगरवासीमा अपिल गरेका छन।

नाेट-“आर. डी. टि .” परिक्षणमा पाेजेटिभ अाउदैमा काेराेना भाइरसकाे स‌‌क्रमीत नहुन सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।