0 COMMENTS

काठमाडाैँ, ११ वैशाख०७७ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच पार्टी एकीकरण गर्ने सहमति भएको छ । बुधबार राति भएको सहमतिअनुसार एकीकृत पार्टीको नाम ‘जनता समाजवादी पार्टी नेपाल’ राख्ने सहमति भएको हो ।

सहमति पत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत सिंह भण्डारी र समाजवादी पार्टीबाट डा बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

एकीकृत पार्टीकाे झण्डा हाल कायम समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा रहने सहमति भएकाे छ । चुनाव चिन्ह भने हाल कायम राजपा छाता रहने सहमति भएकाे छ । तर नयाँ पार्टीकाे नेतृत्वमा काे काे रहने भन्नेबारे अहिले टुंगाे लागेकाे छैन ।

सरकारले सोमबार पार्टी विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि नेपाली राजनीतिमा एकाएक तरंग छायाे । कतिले समाजवादी पार्टी फुट्ने अनुमान पनि गरे । नभन्दै समाजवादीकी रेणु यादवकाे नेतृत्वमा केही सांसदहरूले नयाँ पार्टी दर्ता गर्ने बताएका छन् भने अर्कातिर समाजवादी र राजपाबीच रातारात एकताकाे सहमति भएकाे छ । यसले नेपाली राजनीतिमा फेरि तरंग छाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।