0 COMMENTS

काठमाण्डाै०९बैशाख०७७/  बिश्व मा फैलीरहेकाे काेराेनाकाे माहामारीले गर्दा  साझ,बिहान हात मुख जाेर्न समस्यामा  परेकाहरुकाे लागी  बुढानिलकण्ठ नगरपालिका वडा नं १०मा रहेका युवाहरुले वडा न‌ १०मा बसाे बास गर्ने  विपन्न नागरिकहरुलाई निशुल्क भोजन उपलब्ध गराउने काममा सकृयता पुर्वक लागी रहेकाछन  ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेकाे नोभो हार्म नामक संस्थाको संयोजनमा वडा न‌ १० मा नै बसाेबास गर्ने मनकारी दाताहरुले उपलव्ध गराएको भोजन लाइ भोको पेट बस्न बाध्य मजदुर र न्युन अाय भएका वडा बासीहरुकाे दैलाे सम्म  पुर्यायर उनीहरुकाे भाेक मेटाउने काम गरेकाे छ ।

अभियानमा अहिले सम्म करिव १०० वटा भोजन संकलन गर्ने प्याकेट वितरण हुदै आएको र यस बिपदकाे घडीमा कयाै मनकारी दाताहरुले सहयोगको लागि इच्छा देखाएको हुदा यस कार्यक्रमले वडामा रहेका नागरीकहरु बिच  अापसी सहयाेग र सेवाकाे भावना जागृतगरायकाे अभियानका अभियन्ता तथा नोभो हार्म सस्थाका अध्यक्ष  विवेक अधिकारीले बताउनु भयाे ।

कसरी गरिन्छ भोजन संकलन ?

दाताहरुले सम्पर्क गरे पश्चात संस्थाका स्वयंसेवकहरुले  भाेजन संकलनका लागी तपाइहरुकाे घरमा अाएर प्याकेट छोड्ने छन र त्यसमा तपाइहरुले भोजन प्याक गरे पश्चात स्वय‌ सेवकहरुले संकलन गरेर आवस्यक विपन्न नागरिकहरुलाई वितरण गर्नेछन।सहयोगका लागि सम्पर्क :९८६१८२९३१०

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।