0 COMMENTS

वि.सं. २०७६ चैत्र १४ गते शुक्रबार तदनुसार ई. सं. २०२० मार्च २७ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४१, (चौलाथ्व), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५५ बजे र सूर्यास्त : साँझ ०६:१० बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:०३ बजे र सूर्यास्त : साँझ ०६:१९ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०८ बजे र सूर्यास्त : साँझ ०६:२४ बजे, चैत्र शुक्लपक्षको तृतीया तिथि, बेलुका ०८:१५ बजेसम्म, त्यसपछि चतुर्थी तिथि, अश्विनी नक्षत्र, बिहान ०८:४९ बजेसम्म, त्यसपछि भरिणी नक्षत्र, चन्द्रमा मेष राशिमा (अहोरात्र व्याप्त), वैधृति योग, दिउँसो ०४:०२ बजेसम्म, त्यसपछि विष्कुम्भ योग, तैतिल करण, बेलुका ०८:१५ बजेसम्म त्यसपछि गर करण, आनन्दादि योग : वज्र, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : आग्नेय, वारशूल : पश्चिम,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने छ । आजका लागि शुभअङ्क : ५ र शुभरङ्ग : हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बाह्रौं भावमा चन्द्रमा भए पनि अत्तालिई हाल्नु पर्ने परिस्थिति छैन । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । हरदम सचेत र सतर्क रहनु पर्छ, नत्र समयमा होस नपुग्नाले हुनै लागेको आम्दानीमा बाधा पुग्न सक्छ । शत्रु र प्रतिस्पर्धीको चलखेललाई सँगीसाथीको मद्दतले तोड्न सफल भइने छ । होसियारीसाथ काम लिनुपर्ने समय छ । आजका लागि शुभअङ्क : ८ र शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ महाकालाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । धेरैले तारिफ गर्नेछन् । कीर्तिमानी काम सम्पादन हुन सक्छ । प्रतिष्ठा कमाउने बेला छ । घर–गृहस्थीमा केही समस्या आउने सम्भावना देखिन्छ । आजका लागि शुभअङ्क : ७ र शुभरङ्ग : सेतो वा सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ऐं सरस्वत्यै नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आस मारेको फल पुनः प्राप्त हुन सक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने छ । आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मनमा कताकता निराशा र डर भए पनि कामबाट प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जानेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सीदलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अन्तकाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
तर्क, विवाद र बहसमा विजयी भइने छ । आशा गरेअनुरूप सहयोगी जुट्ने छन् । गरेको प्रयासमा सफलता मिल्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुसी र उमङ्गको वातावरण बन्नेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिने छ । पढाइमा त्यति समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने मौका छ । व्यापारमा सामान्य फाइदै हुनेछ । श्रमको उचित मूल्यांङ्कन हुनेछ । आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । तत्काल ठूलो फाइदा भने नउठ्न सक्छ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज समुदायको हितमा राम्रै काम गर्न सकिने छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै सम्पादन हुनेछन् । उद्योग तथा व्यापारमा विशेष फाइदा मिल्नेछ । आजका लागि शुभअङ्क : ५ र शुभरङ्ग : गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ महासरस्वत्यै नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । तर आज गरिएको श्रमको मूल्य कमै मात्र पाइने देखिन्छ, त्यस्तै आशा देखाउनेहरूको भरमा पर्दा धोका हुन सक्छ । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । जिम्मेवारी भने बढिरहने छन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । आजका लागि शुभअङ्क : ८ र शुभरङ्ग : गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
रोकिएका कामलाई पुनः सुरु गर्ने वातावरण मिल्नेछ । सहयोगीहरूले अप्रत्यासित ढंगले सहयोग गर्नेछन् । आर्जित धन सञ्चय गर्ने वा दीर्घकालिक प्रयोजनमा उपयोग हुनेछ । पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना र आत्मबलका कारण समाधान गरि छाडिने छ । बौद्धिक र प्राज्ञिक क्षमता बढ्ने छ । हक र अधिकारको संरक्षणको प्रयास हुनेछ । आजका लागि शुभअङ्क : ७ र शुभरङ्ग : गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नृसिंहाय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
केही खर्च लागे पनि सोचेको काम बन्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र करकुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । अनुकूल स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : सेतो वा उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वैभवलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।