विद्यार्थी नेताहरुलाई तत्काल रिहाई र प्रतिवन्ध फुकुवा गर्न सरकारसमक्ष अनेरास्ववियू (क्रान्तिकारी) को माग

2020-02-27   राजनीति

काठमाडौँ, १५ फागुन । अनेराीववियु (क्रान्तिकारी) केन्द्रीय कार्यसमितिले जनयुद्व दिवसको अवसरमा देशव्यापी रुपमा शान्तिपूर्ण ढंगले प्रदर्शन गर्दा वर्तमान सरकारले आफ्नो संगठनका अध्यक्षदेखि इकाई सदस्य र समर्थकहरुलाई झुठो मुद्दा लगाएर जेलमा राखेको भन्दै तत्कालै उनीहरुलाई रिहा गर्न माग गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त संगठनले सरकारले विद्यार्थीहरुमाथि जबरजस्ती झुठो मुद्दा लगाएर जेल हालेकोमा हिरासतमा राखिएका विद्यार्थी नेताहरुलाई तुरुन्तै रिहाईको माग गरेको हो ।

विगत केही समयदेखि अनेरास्ववियू (क्रान्तिकारी) संगठनमाथि वर्तमान सरकारले विना कारण प्रतिबन्ध लगाएकोमा पनि उसले गम्भिर आपत्ति जनाएको छ । कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष चिरन्जीवी ढकालले जनयुद्व दिवसको अवसरमा सरकारले विद्यार्थी नेताहरुलाई झुठो मुद्दा लगाएर जेल हालेको भन्दै सरकारको उक्त कदमप्रति घोर आपत्ति जनाए । उनले भन,‘२१ औँ शताब्दीमा केपी शर्मा ओलीको सरकारले जनताप्रति राणा शाषणजस्तै व्यवहार गरेको छ ।’ जनताको स्वतन्त्रतामाथि सरकारले दमन गरिरहेको उनको आरोप छ । उनले भने,‘हाम्रो संगठन बम र हातहतियार बोक्ने संगठन होईन, अनेरास्ववियू ( क्रान्तिकारी) ले सदैव विद्यार्थी आन्दोलन र उनीहरुको हकहितको लागि काम गरिरहेको छ, हामी प्रगतिशिल दिशामा काम गरिरहेका छौं ।’ ढकालले प्रजातन्त्रमा सम्पूर्ण नागरिकले सरकारसामु आफ्ना कुरा राख्न पाउने अधिकार भएकोले यस्तो कुरामापनि सरकारबाट दमन हुनु भनेको गलत भएको टिप्पणी गरे ।

मुलुकको शिक्षा क्षेत्रलाई नयाँ प्रविधिसंग जोड्न जरुरी रहेको भन्दै त्यसतर्फकदम चाल्नको लागि उनले सरकारको ध्यानाकषर्ण गराए । ‘अनुचित ढंगको गतिविधि गरे हामीलाई समेत कारवाही गर्नुस्’–ढकालले भने,‘म सार्वजनिक रुपमै यो कुरा भन्न चाहन्छु, पहिलो कुरा सरकार जिम्मेवारढंगले प्रस्तुत भए हामी पनि त्यही ढंगले प्रस्तुत हुन्छौं ।’

‘संगठनले चन्दा संकलन गरेको भन्ने समाचार नै भ्रामक र षड्यन्त्रमुलक’

उनले आफूहरुको संगठनले कसैसंग पनि चन्दा नउठाएको दाबी गरे । उनले थपे,‘हाम्रो संगठनले कसैसँगपनि पैसा उठाएको छैन् । यदि संगठनको नामको जसले पैसा उठाएको थाहा पाउनुहुन्छ, तिनीहरुलाई निर्धक्क ढंगले कारवाही गर्नुस् । हामी यो विषयमा सधैं दृढसंकल्पित छौं ।’ सरकारले आफ्ना संगठनका अध्यक्ष, कोषाध्यक्ष, सचिवालय सदस्यहरु, केन्द्रीय सदस्यहरु, जिल्ला अध्यक्षहरु र अन्य सदस्यहरुलाई गैह्रन्यायीक गिरप्तार गरेको ढकालको आरोप छ । त्यतिमात्रै होईन, उनले हिरासतमा चरम यातना दिईएको पनि गुनासो पोखे ।

उनले भने, हामीमाथि लगाईएका झुट्टा मुद्धा र सरकारको दमनको हाम्रो संगठन घोर भ्रत्सर्ना गर्दछ । त्यसैगरी उक्त संगठनका कोषाअध्यक्ष नरेन्द्र विश्वकर्माले देशव्यापी रुपमा शिक्षालाई निःशुल्क बनाउनुपर्ने आफूहरुको उद्देश्य र माग रहेको सनुाए उनले भने निःशुल्क शिक्षाले सम्पूर्ण निम्न वर्ग शिक्षीत हुन्छ र यो सँगै मुलुकको विकासमा पनि मद्दत पुग्छ ।’ उनले वर्तमान सरकारलाई भ्रष्टाचारमा लिप्त भएको संज्ञा दिए । उनले भने,‘सरकार आफैं भ्रष्टाचारमा लिप्त छ । सरकारले भ्रष्टाचारको अन्त्य गराउनुपर्छ । सरकारले सम्पूर्ण यूवाको मर्म बुझेर देशमै रोजगारीको सिर्जना गर्नुपर्ने आजको आवश्यकत्ता हो । त्यसतर्फ सरकारले विशेष ध्यान दिन जरुरी छ ।’ उनले आफूहरुले विद्यार्थीको हकहित र जायज मुद्दा बोकेर आवाज उठाँउदा किन सरकारले दमन गरिरहेको छ ? भन्दै गम्भिर प्रश्न उठाए । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यर्थी यूनियनको निर्वाचनमासमेत आफ्नो संगठनले भाग लिने उनले जानकारी दिए ।

उनले भने,‘हामीले पनि स्ववियूको निर्वाचनमा भाग लिन पाउनुपर्छ, यतातिरपनि म सरकारको ध्यानाकषर्ण गराउन चाहन्छु ।’ उनले आफ्ना संगठनका नेता तथा कार्यकर्ताहरुलाई बिनाकार जेलमा राखिएकोमा आपत्ति जनाउँदै तत्काल रिहाईको माग गरे ।

उक्त संगठनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘हाम्रो महान् तथा गौरवशाली संगठन अनेरास्ववियू (क्रान्तिकारी) आफ्नो स्थापना कालदेखी नै जनतन्त्र, जनजिविका, राष्ट्रियता एवं शैक्षिक प्रणालीमा
परिवर्तनको पक्षमा निरन्तर रुपमा जिवनमरणको संघर्षमा रहेको विषय सर्व्विधितै छ । नेपालको राजनैतिक र शैक्षिक ईतिहास परिवर्तनका विभिन्न कालखण्ड र मोडहरुमा हाम्रो संगठन निरन्तर रुपमा जनविरोधी र राष्ट्रघाती शासकहरुका दमन, जेलनेल, वुट र वन्दुकको प्रवाह नगरि निरन्तर रुपमा देशमा जनताको

वास्तविक अर्थको राज्य व्यवस्था स्थापना गर्न र नेपालको प्राकृतिक साधन स्रोत र मानव संसाधनलाई जोडेर देश र जनताको वास्तविक जिवनमा आमुल परिवर्तन गर्न सक्ने शिक्षा प्रणालीको स्थापनार्थ अनवरत संघर्षमा रहेको छ । गौरवपुर्ण ईतिहास वोकेको हाम्रो संगठन अहिले देशमा शिक्षामा चलिरहेको व्यापारिकण, निजिकरण र दलालीकरणका विरुद्ध राज्यको व्यवस्थापनमा चल्ने वैज्ञानिक र समान वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको स्थापनार्थ संघर्षरत रहेको छ ।