0 COMMENTS

नेपालमा रहेका प्रसस्त धार्मिक महत्व बोकेका तीर्थस्थल हरु मध्ये हिन्दू हरुले पूर्वको पशुपति, बौद्ध मार्गी हरुले दोस्रो लुम्बिनी र किराँती हरुले आदिम भूमि मान्ने गरेको हलेसी महादेव को मन्दिर विश्वमै अनौठो मानिएको भू बनोट र सुन्दर प्राकृतिक संरचनाले सुसज्जित छ। बौद्ध, किराँत र हिन्दु धर्मको संगम स्थल मानिने उक्त स्थानमा महादेव, बसाहा र भैरवका तीनवटा महत्वपूर्ण गुफाहरू छन्। हलेसी महादेव को दर्शनले खडेरी तथा दुःख बाट मुक्ति मिल्ने सन्तान लाभ हुने, पदोन्नति र निरोगी भइने जनविश्वास गरिन्छ। यहाँ रामनवमी, बालाचतुर्दशी, शिवरात्री, र तीज गरी वर्ष मा चार पटक मेला लाग्ने भए पनि आजभोलि वर्षैभरि सोमबार र हरेक बिदाका दिनहरूमा पनि अत्यन्त भिडभाड देखिन्छ।
पौराणिक कथा का अनुसार महाभारतको युद्धमा प्रमूख पात्र रहेका पाँच पाण्डव र  कौरव उनीहरूका सल्लाह कार भएका मामा शकुनिका छोरा बृकासुर नामको राक्षस ले तिनै लोकमा अकन्टक राज्य गर्ने उदेश्यले, सच्चा हृदयले भक्ति गर्ने आफ्ना भक्त हरु सँग छिट्टै प्रसन्न हुने देवाधिदेव महादेवको कठोर तपस्या गरेर प्रसन्न बनाई, सम्पूर्ण देवता हरुको नाश गर्ने सुरले आफूले जस्को टाउकोमा हात राख्यो उस्को शिर फुटेर मरोस् भन्ने वरदान मागेछ। वरदान नै माग्न पाएपछि तिनै लोकको राजा हुन पाऊँ भनेर मागेको भए पनि सायद उस्ले पाउँथ्यो तर राक्षस कुलको जन्म भएको कारण अत्यन्त बलशाली हुँदाहुँदै पनि बुद्धि हिन हुन पुग्दा आफ्नो मात्र भलाईको वर माग्न नजानी अर्काको कुभलो चिताई देवताहरूको नाश गरेर राजा बन्ने चाहना राखेको भए पनि महादेवले तथास्तु भनेर वरदान दिनुभएछ। अब महादेवको वरदान पाइसकेपछि बृकासुरमा अझै मती भ्रष्ट हुन गई माता पार्वती माथि नै कुदृष्टि राखी भगवान शंकर को शिरमा हात राख्न खोजेछ जसबाट डराई शिव जी भाग्ने क्रममा हालको हलेसी गुफाको नामले चिनिने गुफामा लुक्न पुगेका रहेछन्। उता शिवजी लाई दानवले मार्न लखेटेको कुरा विष्णु भगवानले थाहा पाए पछि हत्तपत्त मोहिनी रूप धारण गरी बृकासुरको अगाडि जानुभएछ र उसलाई मीठा मीठा कुरा मा भुलाएर त्यस्ता विष, भाङ, धतुरो खाइ मसानमा बस्ने अनि खरानी घस्ने शिवले दिएको वरदान पनि पुग्छ र? नपत्याए आफ्नै शिरमाथि हात राखी हेरन भनिदिँदा उस्ले केही सोचविचार नगरी आफ्नो शिर माथी हात राख्न जाँदा आफैं भस्म हुन पुग्दा भष्मासुर को नामले चिनिने भएको रहेछ।

यसरी हालको हलेसी महादेव मन्दिरमा रहेको भैरव गुफा जहाँ रहेका ठूला पाइला अनि पहाडमा बनेको ठूलो प्वाल ले कथामा वर्णन गरिए अनुसार महादेवले तोडेर भागेको कुरा विश्वास गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।