0 COMMENTS

बासुदेव सेढाइ २९माघ०७६/ प्रकृतिको संरक्षण , वातावरण स्वच्छता र असल संस्कार लाई प्राेत्साहनकाे उद्देश्यका साथ सुरु भएको जन्मदिनमा बृक्षराेपण अभियान अन्तरगत लमजुङ उद्योग बाणिज्य संघ परिसरभित्र कल्कि फुलकाे विरुवा राेपिएकाे छ । लमजुङ उद्योग वाणिज्य संघमा कार्यरत कर्मचारी सरु भुजेलकाे जन्मदिनको अवसरमा बृक्षराेपण गरिएको हाे ।

बृक्षराेपण कार्यक्रममा लमजुङ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष रामकुमार श्रेष्ठ , माहासचिव कृष्णजंग गुरुङ , जन्मदिनमा बृक्षराेपण अभियानका अभियान्ता बासुदेव सेढाई काेषाध्यक्ष रामजी बसाैला , लमजुङ उद्योग बाणिज्य संघका उपमाहासचिव प्रदिप बस्नेत , निवर्तमान माहासचिव श्रिकृष्ण लामिछाने ,काेषाध्यक्ष भरत कुमार श्रेष्ठ निवर्तमान कार्यकारी प्रमुख श्याम रावल कार्यकारी सदस्य हरु विनिता घिमिरे , पार्वती श्रेष्ठ , धनुदेवि पिया , लमजुङ उद्योग बाणिज्य संघका सदस्यहरु कर्मचारी हरु संचारकर्मि लगाएतकाे उपस्थिति थियोे । अाफ्नाे जन्मदिनमा बृक्षराेपण गर्दै सरु भुजेलले वातावरण हराभरा बनाउन र राम्रो संस्कार बसाल्न अाफुले बृक्षराेपण गरेकाे वताउनुभयाे ।

कार्यसमिति सदस्य विनिता घिमिरेले फजुल खर्च राेकेर सामान्य तरिकाले बृक्षराेपण गरेर जन्मदिन मनाउनु राम्रो हाे उहाँको विचार थियोे । काेषाध्यक्ष रामजी बसाैलाले जन्मदिनमा बृक्षराेपण अभियानले सभ्य समाज निर्माण गर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।