0 COMMENTS

प्रकृति र प्रकृतिमा रहेका सम्पूर्ण प्राणीहरुकाे संरक्षण , वातावरण स्वच्छता , ब्यक्तिकाे असल अाचरण र संस्कारलाई प्राेत्साहन , समाज र देशप्रतिकाे सेवाको भावनाकाे बिकास , देशकाे अार्थिक सम्बृद्धि , सुखि नेपाली सम्बृद्ध नेपाल , स्वाधीन र अात्मनिर्भर राष्ट्र बनाउने उद्देश्य । सभ्य समाज निर्माण सभ्य मुलुक निर्माण गर्ने अभियान । एउटा नयाँ सकारात्मक र रचनात्मक बिचारले ब्यक्ति परिवार समाज देश हुदै संसार परिवर्तन गर्न सक्ने तागत हुन्छ असल र सर्बमान्य बिचार परिवर्तनको संवाहक हाे । जन्मदिनमा बृक्षराेपण अभियान एउटा त्यस्तो बिचार हाे जसले प्रकृति प्रकृतिमा रहेका सम्पूर्ण प्राणीको हित साेचेकाे छ ।फलफूल जडिबुटी मात्रै हाेईन विरुवाले मानिसको बाँच्ने अाधार हाे यसले अक्सिजनकाे साथै सितलता पनि प्रदान गर्दछ अभियान संसारलाई सितलता प्रदान गर्ने नयाँ बिचार हाे । गर्मियाममा थाकेका बटुवाहरुकाे चाैतारि , निशुल्क फलफूल प्रदान गर्ने बगैंचा , पानीको प्यासमा भाैंतारिरहेका हरुकाे पँधेरा , अानन्द लिन चाहनेहरुकाे लागि मनमाेहक पार्क , सेवाको भावना भएकाहरुकाे लागि सेवा गर्ने ठाउँ बनाउने प्रयासमा छाैं याे अभियान लाई । सतहिरुपमा हेर्दा एउटा विरुवा राेपेकाे मात्रै देखिन्छ तर अलि गहिरिएर अध्यान गर्ने हाे भने धेरै महत्त्वपूर्ण छ त्यसकारणले हाेला याे अभियानले सबैकाे साथ सहयोग समर्थन पाएकाे छ । २०७५ साल मंसिर २९ गते लमजुङको बेसीशहर बाट सुरुवात गरिएको बार्षिक एक नेपाली न्युनतम् एक बृक्षराेपण र जन्मदिनमा बृक्षराेपण अभियान ऐले देशका अन्य भागमा समेत फैलिएको छ । प्रकृति वातावरण संरक्षण र मानवहितमा समर्पित अभियान सबैकाे साझा अभियान हाे । अाफ्नाे जन्मदिनमा विरुवा राेपेर अभियानमा सहभागी हुनुहुने , अभियान लाई अगाडि बढाउन सक्रिय ढंगबाट लागि पर्नुहुने , अमुल्य सल्लाह सुझाव दिएर सहयोग गर्नुहुने र अभियान प्रति समर्थन जनाउनुहुने सबै प्रति अभियानकाे तर्फबाट हार्दिक अाभार प्रकट गर्दछौं । अभियान सुरुवातकाे एकबर्षमा नै धेरै नेपाली नागरिकहरुले अाफ्नाे जन्मदिनमा एउटा विरुवा राेप्ने संस्कारको थालनी गर्नुभएको छ । जसरि एउटा अागाेकाे झिल्काेले पुरै जंगल खरानी बनाउछ त्यसैगरी याे अभियानले पनि पुरातनवादी साेच, खराब बिचार , कुसंस्कार लाई खरानी बनाएर सकारात्मक बिचार र असलसंस्कार लाई संसारभर फैलाउने छ भन्ने अभियानकाे अासा छ । नागरिक स्तरवाट सुरुवात गरिएको याे अभियानमा राज्यकाे पनि ध्यानाकर्षण हुनसके अभियान अगाडि बढाउन अझै सहज हुनेथियो । माटो हावापानी अनुसारको उपयुक्त विरुवा , विरुवा लगाउने ठाउँ र त्यसकाे संरक्षण महत्त्वपूर्ण कुरा हुन् जसकाे सहज उपलब्धताले अभियान लाई सजिलोसँग अगाडि बढ्न मद्दत गर्दछ । बनजंगल , सडक दायाँबायाँ , सार्वजनिक जग्गा , ब्यक्तिकाे निजि जग्गामा त्यै अनुसारको विरुवा लगाउने हेरचाह गर्ने र जसरि पनि हुर्काउने अभियानकाे उद्देश्य हाे । अभियान संग सम्बन्धित राज्यका सम्पूर्ण निकाय , राजनीतिक दल , जनप्रतिनिधि , कर्मचारी ,कानुन व्यावसायि संचारकर्मि , बिद्यार्थी , बुद्धिजीवी , समाजसेवी , सरकारि तथा गैरसरकारी संघ संस्थासंग सम्बन्धित ब्यक्तित्वहरु लगाएत स्वदेश तथा बिदेशमा रहेका अाम नेपाली वा अामा दाजुभाइ दिदिबहिनी हरुमा अभियान सफल बनाउन सहयोगकाे लागि हार्दिक बिनम्र अनुरोध गर्दछाै :
जन्मदिनमा बृक्षराेपण अभियानकाे उद्देश्य :

प्रकृतिको विनाश र वातावरण प्रदुषण बढ्दै जाने हाे भने मानव जीवन पनि समाप्त हुनेछ त्यसैले प्रकृतिकाे संरक्षण र वातावरण स्वच्छता कायम हुनुपर्दछ । मानिस नजानेर वा जानि जानि अाफ्नै जीवन बर्बाद गर्दैछ । ब्यक्तिगत स्वार्थका लागि मान्छेले जति नकारात्मक काम गरेको छ त्याे कामले उसलाई क्षणिक लाभ त हाेला तर सिङ्गै प्रकृति र वातावरणमा गम्भीर नकारात्मक असर परेको छ । विरुवा नराेप्ने तर व्यापकरुपमा बन फँडानी गर्ने , ढुंगा गिट्टी बालुवाकाे जथाभावी उत्खनन , बाटो बनाउने नाममा जथाभावी डाेजरकाे प्रयोग , कृषिमा बढी उत्पादन लिने लाेभमा जमिनमा रासायनिक मल र बिषादिकाे अत्यधिक प्रयोग , उद्योगधन्धा कलकारखाना बाट निस्केको प्रदुषण , फाेहर बस्तुहरु नदि र खाेलामा मिसिएको कारणले जलप्रदुषण , माटोप्रदुषण र हावाप्रदुषण बढेको छ साथै जलमा हुने प्राणी माटोमा हुने प्राणी , बनजंगलमा हुने प्राणीहरु धेरै लाेप हुदैछन् याे चिन्ताको बिषय हाे । पानीको मुहान सुकेका छन् , अतिबृष्टि अनाबृष्टि , अाँधिहुरि तुँवालाे , ऋतु अनुसारको परिवर्तनमा गडबडी , नदिहरु सुक्दै जानू , हिमालयमा हिउँ पग्लनु समग्रमा पृथ्वीकाे तापक्रम बढ्दै गएको छ जुन समस्याको बिषय हाे त्यसकाे समाधानको लागि व्यापक रुपमा बृक्षराेपण गरिने , अवैध उत्खनन नगर्न अनुरोध गर्ने , रासायनिक मल र बिषादि प्रतिबन्ध लगाउने , अर्गानिक उत्पादनमा जाेड दिने लगाएतका वातावरण स्वच्छता र प्रकृतिको संरक्षण गर्ने बिषयमा अाम नागरिकहरुलाई जागरुक बनाउने ।
प्रकृतिप्रेमि र वातावरण स्वच्छता कायम गर्ने देशकाे रुपमा चिनाउने । बार्षिक न्युनतम एक नेपाली एक बृक्षराेपण र जन्मदिनमा बृक्षराेपणकाे उद्देश्य बिश्व समुदायमा नेपाल एउटा प्रकृतिप्रेमि र वातावरण स्वच्छता कायम राख्ने मुलुक हाे भन्ने परिचय स्थापित गर्ने । सगरमाथाकाे देश बुद्धकाे देश भनेजस्तै अब नेपाल प्रकृतिको संरक्षक देश र वातावरण स्वच्छता कायम गर्ने मुलुक हुनेछ । स्वदेश तथा बिदेशमा रहेका नेपाली नागरिक हरुले अाफ्नाे जन्मदिनको स्मरणमा एउटा विरुवा राेपुन् र शुभ सन्देश बिश्वभरका मानिस हरुले अनुसरण गरून् । अभियानले संसारभरका मानिसहरु लाई प्रकृति जाेगाउन र वातावरण संरक्षणकाे विषयमा एकताबद्ध गर्नेछ जुन सम्पूर्ण मानव जातिको हितमा हुनेछ भन्ने अभियानकाे अपेक्षा छ ।
मुलुककाे अार्थिक सम्बृद्धि । जन्मदिनमा बृक्षराेपण अभियानले मुलुककाे अार्थिक सम्बृद्धिकाे खाका काेरेकाे छ । फलफूल जडिबुटी , बनजन्य लगाएत सम्पूर्ण कृषि उत्पादनमा मुलुक अात्मनिर्भर बनाउने । अाम नेपालीहरु शहर केन्द्रीत हुदै जाँदा गाउँमा पुरै जमिन बाँझै छ त्याे बाँझो जमिनकाे सदुपयोग गर्न अावस्यक छ । वैदेशिक राेजगारिमा गएका लाखौंलाख युवाहरु स्वदेश भित्र रहेका सम्पूर्ण बेरोजगार युवाहरुकाे श्रम सीप र पसिना प्रयोग गरि अाफ्नै देश बनाउने अभियानमा जुट्नुपर्छ । सातै प्रदेशका रहेका माहानगरपालीका उपमाहानगरपालीका नगरपालिका गाउँपालीका प्रतेक वडा वडाका गाउँ टाेलटाेलमा अभियानकाे टिम बनाएर जमिन सदुपयोगमा लाग्ने । भविष्यका कर्णधार युवाहरु लाई गलत बाटोमा लाग्न नदिइ उनिहरुकाे ज्ञान सीप श्रमकाे अधिकतम प्रयोग गर्ने । अार्थिक लाभ दिने खालका बृक्षराेपण गरिने । माटो हावापानी अनुसारको बनजंलमा अलग्गै ब्यक्तिगत जग्गामा अलग्गै र सार्वजनिक जग्गामा फरकफरक खालका बृक्षराेपण गरिने सार्वजनिक जग्गाहरु र हाल बगैंचा रहेका क्षेत्रमा फलफूल जडिबुटी लगाउने निशुल्क उपभाेगकाे अवधारणा लागू गरिने अभियानकाे उद्देश्य छ । प्रतेक वडामा उपयुक्त ठाउँमा जन्मदिनमा बृक्षराेपण अभियान अन्तरगत पार्क निर्माण गरि अान्तरिक तथा बाह्य पर्यटक हरुका लागि अाकर्षककाे केन्द्र बनाउने ।

असल अाचरण र संस्कार लाई प्राेत्साहन : जन्मदिनमा बृक्षराेपण अभियानले असल अाचरण र संस्कारलाई प्राेत्साहन गर्नेछ । वालक देखि वृद्ध सम्म जन्मदिन मनाउने प्रचलन अाजकल बढेको छ जन्मदिन मनाउने विभिन्न तरिका हाेलान ब्यक्तिले अाफु जन्मेको दिनकाे स्मरणमा गरिने अरु क्रियाकलाप भन्दा विरुवा राेप्ने काम उत्कृष्ट हाे । विरुवा राेप्नाले एकातिर वातावरण संरक्षण हुने र अर्कोतिर उसले लगाएकाे फलफूलकाे विरुवाले अरुलाई फल प्रदान गर्दछ जुन पुण्यकाे काम हाे अर्कोतिर मान्छेले अाफ्नाे जिन्दगीमा ५ वटा विरुवा राेपेर हुर्काउन सके ठुलो पुण्यकाे काम हुने जनबिश्वास छ । ब्यक्तिकाे ईमानदारीता नैतिकता अनुशासनमा असल व्यावहार समाजसेवा देशप्रेमकाे भावनाको बिकास पनि हुनेछ । अाफ्नाे पसिनाकाे कमाई मात्रै खाने संस्कार स्थापित हुनेछ । प्रकृति वातावरण सम्पूर्ण पृथ्वीमा रहेका प्राणी र अाम मानिसको हितमा लाग्न अभियानले प्रेरित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।