0 COMMENTS

वि.सं.२०७६ साल माघ १० गते । शुक्रबार । ईश्वी सन् २०२० जनवरी २४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि–औंशी,४८ घडी ४८ पला,रातको ०२ बजेर २७ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–उत्तरषाढा,४८ घडी ५२ पला,रातको ०२ बजेर २९ मिनेट उप्रान्त श्रवण । योग– बज्र,४८ घडी ५६ पला,रातको ०२ बजेर ३१ मिनेट उप्रान्त सिद्धि । करण– चतुष्पद,दिउसो ०२ बजेर १० मिनेट उप्रान्त नाग,रातको ०२ बजेर २७ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा– आनन्द योग । चन्द्रराशि–धनु ,बिहान ०७ बजेर ४२ मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय ०६ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३६ मिनेट । दिनमान २६ घडी ३९ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समाजसेवा तथा राजनितिमा समय दिनेहरुले जनताको प्रत्यक्ष सहभागिता सहितको सहयोग पाउँनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका बाटाहरु फराकिला हुँनेछन् । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । गीत संगित तथा कला साहित्यमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) काम बिग्रने तथा मान सम्मानमा आघात पुग्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यावसायमा मन्दि आउनेछ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रनेछ । धर्म तथा अध्यात्मतिर चासो रहेपनि गलत व्यात्तिहरुले प्रयोग गर्न सक्छन् ध्यान दिनुहोला । यात्रा गर्दा बिशेष ख्याल गर्नुहोला समस्या आउन सक्छ । शैक्षिक यात्रा भने फलदायि रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। दण्ड वा जरिवानामा परिने सम्भावना छ। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामबाट पनि फुर्सद पाइनेछ। व्यापारकै शिलशिलामा यात्रा हुने योग रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिवादित बिषयहरुबाट निचोड तपाईकै पक्षमा आउँने हुनाले खुसिले उचाई नाघ्नेछ । पढ्ने लेख्ने काममा अरुलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याहरुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ । तपाईसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुँनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरु जुट्ने हुनाले व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सन्तान तथा परिवारले तपाईको काममा खासै सहयोग गर्ने छैनन् भने अपाईको आलोचना गर्नेहरु बढ्ने ग्रहयोग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । व्यापार व्यावसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिश्पर्धिहरुको अवरोधले फाईदाको सम्भावना टरेर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) घर परिवार तथा आफन्तहरुमा बिभिन्न समस्या देखा पर्नेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । प्रणय सम्बन्धमा सामान्य मनमुटाब सिर्जना हुनेछ । जग्गा सम्बन्धि बिवादमा फस्ने योग रहेकोछ भने आन्तरिक धन सम्पतिमा बिवाद सिर्जना हुन सक्छ ध्यान दिनुहोला । पढ्ने लेख्ने काममा खासै मन जाने छैन । कृषि तथा पशुपालन व्यावसायबाट भने सन्तोष जनका नाफा कमाउन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) काम देखाएरै अरुको मन लोभ्याउन सकिनेछ भने सानो काम गरि मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो सुधा भएर जानेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । टाडाको आफन्तको निम्तो आउने तथा यात्रा पक्रिया अगाडि बढ्नेछ । बुद्धिको उपयोगले धन तथा भौतिक सम्पति लाभ हुनेछ । नया नया कामको प्रश्ताब आउनेछ भने सहयोगीहरुले साध दिदा कामहरु समयमानै सम्पन्न हुनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय तथा परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ । पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक गर्न केही समय पर्खनुहोला। कुटुम्ब तथा आफन्त सँग मनमुटाब बढ्ने तथा बिवाद सिर्जना हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भौतिक बस्तुको प्रयोग गर्न पाईने तथा राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ । तपाईबाट राम्रा काम हुने हुनाले परिवार तथा साथिभाईहरु खुसि हुँनेछन् । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ भने व्यापारमा आजको दिन लगानि गर्नाले पछिसम्म लाभ मिल्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समयमा काम नबन्ने हुनाले आर्थिक पाटाहरु कमजोर रहनेछन् । लेनदेनको बिवादले आत्म सम्मानमा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । टाडाको यात्रा हुने भएपनि यात्राको क्रममा दुख पाईनेछ । बिदेशमा बसेर काम गर्नेहरुका लागि वा बिदेशी सामानको व्यापार गर्नेहरुका लागि समय राम्रो रहेकोछ । शरिरमा आलश्यता बढेर जानेछ भने भौतिक तथा बिलाशी बस्तु हराउन सक्छ ख्याल गर्नुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिशिष्ट व्याक्तिहरुको बिचारले प्रभावित बनाउनेछ । सामाजिक कामका बिशेष रुचि बढ्नेछ भने राजनिति तथा समासेवामा समय दिन सक्दा नाम तथा दाम दुवै कमाउन सकिनेछ । तरल पदार्थ तथा हाईड्रो पावरको लगानि फस्टाएर जानेछ । शिक्षा सँग सम्बन्धित कामबाट मनग्गे आम्दानि गर्न सकिनेछ । प्रणय सम्बन्धमा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई परिमार्जन गरि आम्दानिका स्रोत बढाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।