0 COMMENTS

वि.सं.२०७६ साल माघ ०७ गते । मंगलबार । ईश्वी सन् २०२० जनवरी २१ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि– द्वादशी,४९ घडी १८ पला,रातको ०२ बजेर ४० मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– ज्येष्ठा,४५ घडी ०९ पला,रातको ०१ बजेर ०१ मिनेट उप्रान्त मूल । योग– वृद्धि,०३ घडी १० पला,बिहान ०८ बजेर १३ मिनेट उप्रान्त ध्रुव । करण– कौलव,दिउसो ०३ बजेर ०८ मिनेट उप्रान्त तैतिल,रातको ०२ बजेर ४० मिनेट उप्रान्त गर । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–बृश्चिक,रातको ०१ बजेर ०१ मिनेट उप्रान्त धनु । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३३ मिनेट । दिनमान २६ घडी १३ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाई-लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला, नराम्रो घट्ना घट्न सक्छ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । आफन्त तथा साथिभाई बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसाय फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा लामो दुरिको यात्रा हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुदा भौतिक सम्पत्ति तथा विलासी बस्तुहरु जोड्न सकिनेछ । लामो समय देखिको प्रेमलाई बिवाहमा परिणत गर्नको लागि प्रक्रिया अगाडि बढ्नेछ भने पति पत्नि बिच आत्मियता बढेर जानेछ । अध्ययन अध्यापनमा समय खर्चिने हरुले सोचेजस्तो नतिजा हात पार्न सक्नेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेम तथा पारिवारिक जीवन सन्तोष प्रद हुनेछ । बिद्या बुद्धिको प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछ । प्रतिष्पर्धा तथा यस्तै क्रियाकलापमा भाग लिई नाम कमाउन सकिनेछ । पुराना ऋण चुक्ता गर्न सकिनेछ भने पुराना रोगहरु केहि भए स्वत ठिक हुनेछ । व्यापार बिस्तार गरि मनग्गे आर्थिक लाभ लिन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यावसाय तथा काम गर्ने बाताबरण बन्ने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । आफन्त तथा सन्तानबाट तपाईको काममा बिशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरि नाम तथा दाम कमाउन सकिनेछ । नया बिचार दिमागमा आउने हुनाले प्रबृधिको प्रयोग गरि व्यावहारमा रुपान्तरण गर्न सकिनेछ । प्रेममा सफलता मिल्नेछ । पढाईकै शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समाजसेवामा दिन बित्नेछ भने अरुको काम गरेर प्रसन्न हुने समय रहेको छ । माया-प्रेममा नचाहँदा नचाहँदै मनमुटाव सिर्जना हुनेछ भने जीवन साथिसँग तिक्तता बढ्ने योग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । अरुकै काममा समय खर्चिदा आफ्नो काम थाति रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) वनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दुरिको परिणाममुखि यात्राको तय हुनेछ भने खेलकुद तथा अन्य क्रियाकलापमा समय दिनेहरुले राम्रो सफलता प्राप्त गर्न सक्नेछन् । उद्योग तथा व्यापार व्यावसायमा लगानि बढाई भनेजस्तो नाँफा कमाउँन सकिनेछ । माया प्रेममाको गाठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसियालि छाउँनेछ । पराक्रम बढेर जानेछ भने दाजुभाई तथा अन्य ईष्टमित्रबाट सहायोग हुने हुँदा मन खुसि रहनेछ । छोटो दुरिको यात्रा तय हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) तपाईको कामको धेरैले प्रशंसा गर्नेछन् भने बिशिष्ट व्याक्तिहरुबाट सम्मानित हुने ग्रहयोग रहेको छ । तार्किक क्षमतामा बृद्धि भएर जानेछ भने सम्मानका साथ आम्दानी बढाउन सकिनेछ । गायन तथा संगीतको क्षेत्रमा लागेर नाम कमाउनेहरुका लागि नया अवसर आउनेछ । पारिवारिक माहोलमा जमघट भई मिठो मसिनो खाने अवसर जुर्नेछ । प्रेमले सकारात्मक मोड लिनेछ भने कुटुम्बसँगको सम्बन्ध सुदृढ भएर जानेछ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यू) राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यावसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृढ हुनेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिनेछ भने जीवन साथिको सहयोगले राम्र काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खानपान तथा मौषमको ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आफन्त तथा अग्रजको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । माया प्रेममा धोका हुनेछ भने जीवन साथि सँग मनमुटाब बढ्नेछ । पढाई लेखाईमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ मने स्वादेशी सामानको व्यापारमा मन्दि आउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समयमा अर्थ संग्रह गर्न सकिने हुुदा तथा आर्थिक अवस्था राम्रो रहने हुदा अर्थ व्यापारमा लगानि गर्न सकिनेछ । आफ्ना भन्नेहरुले सहयोग गर्ने तथा दाजुभाइहरुको समर्थना राम्र काम गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट राम्रै आम्दानि हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट मनग्गे आर्थिक लाभ लिन सकिनेछ । माया प्रेमको गाठो कसिलो हुने समय रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयकाे सदुपयोग गरी मनग्गे लाभ लिन सकिनेछ । साथिभाईहरुको सहयोग पाईनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामाजिक काम गरेर समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुसी पार्न सकिनेछ । आफ्नो रीतिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तीर्थयात्राको प्रशस्त सम्भावना रहेको छ । व्यापार व्यावसायमा लगानी बढाई प्रशस्त नाफा कमाउने समय रहेको छ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि दिन उत्तम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।