0 COMMENTS

  मेलम्ची ६माघ०७६/  मेलम्ची नगरपालिका–६ तालामाराङ बजारमा पसल भएको घरमा आज बिहान अगलागी हुँदा करिब रु २० लाखको क्षति भएको पीडित दीपेन्द्र तामाङले बताउनुभएको छ ।

ग्यास चुहिएर शुरु भएको आगलागीबाट घरको भौतिक सामानमा क्षति पुगेको छ । त्यस्तै पसलको सामान नष्ट भएको पीडित तामाङले जानकारी दिनुभयो । आगो प्रहरी र स्थानीयवासीको सहयोगबाट नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।