0 COMMENTS

वि.सं.२०७६ साल माघ ०३ गते । शुक्रबार । ईश्वी सन् २०२० जनवरी १७ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि–सप्तमी,१० घडी २९ पला,बिहान ११ बजेर ०९ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– चित्रा,५४ घडी २६ पला,रातको ०४ बजेर ४८ मिनेट उप्रान्त स्वाती । योग– सुकर्मा,२९ घडी ५८ पला,बेलुकी ०६ बजेर ५७ मिनेट उप्रान्त धृति । करण– बव,बिहान ११ बजेर ०९ मिनेट उप्रान्त बालव,बेलुकी १० बजेर ०१ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–कन्या,साझ ०५ बजेर ३४ मिनेट उप्रान्त तुला । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३० मिनेट । दिनमान २६ घडी २१ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सकिने हुनाले समयमा कामहरु बन्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबीच मायाको डोरो अझ कसिलो भएर जानेछ । पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा विभिन्न रमाइला स्थलहरुको भ्रमण गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफ्नो ज्ञानलाई सहि समयमा प्रयोग गर्न सकिने हुँदा चुनौति पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउँदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति पाउने योग रहेको छ । शिक्षा तथा शिक्षा पेशाबाट भनेजस्तो लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । समाजसेवामा नाम कमाउन अलि बढिनै संघर्ष गर्नु पर्नेछ । साझबाट समय राम्रो रहेकोले अध्ययनमा राम्रो प्रगति गर्न सकिनेछ । सन्तान तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ काम गरि मनग्गे धन तथा सम्पति जोड्न सकिनेछ भने उद्योग,व्यापार व्यवसाय फस्टाएर जानेछ । मापा प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबीच एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । आट,पराक्रम गर्न नडाराई अगाडि बढ्ने हो भने चाहेको गन्तब्यमा पुग्न सकिनेछ । साझपख समय मध्ययम रहेकोले घरजग्गा सम्बन्धि विवाद बढ्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यवसाय फस्टाएर जानेछ भने बौद्धिकताको प्रयोग गरि धन तथा सम्पति संग्रह गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । पारिवारिक वातावरणमा रमाउँदै स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सामाजिक तथा कल्याणकारी काम गरी समाजमा नाम कमाउन सकिनेछ । थोरै बोलेर वा बोलीकै माध्ययमबाट धेरै कामहरु गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अनावस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ । साझपख समयमा सुधार हुने हुनाले बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुसि हुँनेछन् । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यवसायबाट आम्दानी गर्न लगानी बढाउनु पर्ला । खर्च बढ्ने तथा कामहरु नहुने प्रशस्त सम्भावना रहेकोछ । आर्थिक स्थिति खस्केर जाने हुनाले घरायसि खर्च व्यावस्थापन गर्न हम्मे हम्मे पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई खर्च हुने योग रहेपनि लामो दुरिको यात्रा हुने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आएभावमा गोचर गर्ने चन्द्रमाले खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नया प्रकृतिको काम गरि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा नया ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । इच्छा आकांक्षा पुरा गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) विभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउँनेछन् भने प्रसस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । व्यस्तताका बाबजुत पनि उपलब्धिमुलक कामहरु गर्न सकिने ग्रहयोग रहेकोछ । भनेको समयमा सामाजिक कामहरु बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुशीयालि छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । नयाँ नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरिमा पदोन्नति हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो समयदेखि रोकिएका कामहरु बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानी हुनेछ । आफन्त तथा जीवन साथीको साथ पाइने हुनाले मन प्रशन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरि नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भुमिका निर्बाह गर्नु पर्नेछ । उच्च शिक्षाको लागि लामो दुरिको यात्रा हुनेछ । व्यापारबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने घरायरि सुख सुविधा भरपुर मात्रामा प्रयोग गर्न पाईनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) परिवारमा आफन्त तथा पति पत्निबीच विवाद बढ्नेछ भने माइति चेलिबीचको सम्बन्धमा फाटो ल्याउन आफन्तहरुनै लागि पर्नेछन् । कामहरु समयमा सम्पन्न नहुने हुँदा दुख पाउने समय रहेकोछ भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसि समस्याहरु सुल्झाउन असजिलो हुनेछ । साझपख नया योजना बनाई मनाईपछि सम्म आम्दानी हुने काम गर्न सकिनेछ । व्यापारमा बृद्धि भई आम्दानी बढ्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आवस्यक पर्दा साथ दिनेहरु प्रशस्त भेटिने हुँदा मन प्रशन्न हुनेछ । परिवारका साथ देश विदेशको यात्राको तय गर्न सकिनेछ । स्थाई सम्पतिको भरपुर प्रयोग गर्न पाईनेछ । नाँफा मुलक काम गरि मनग्गे आम्दानि गर्न सकिनेछ भने सेवा मुलक काम गरि नाम पनि कमाउँन सकिने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । अध्ययनमा मन जानेछ । साझपखको समय मध्ययम रहेकोले मुद्दा मामिला तथा यस्तै विषयमा सामेल भए हारिने सम्भावना रहेकोछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।