0 COMMENTS

प्रतिभा भट्टराइ,तारकेश्वर, २०७६ पौष २७ / समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत, प्रहरी पालिका समिति (ता. न.पा) र महानगरीय प्रहरी वृत्त बालाजुको सहकार्यमा, तारकेश्वर नगरपालिका का प्रमुख रामेश्वर बोहरा को सभापतित्व र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक श्री विश्वराज पोखरेलको प्रमुख आतिथ्य मा यस नगर क्षेत्र भित्र रहेका पर्यटकीय स्थल (शान्ति धाम, भुवनेश्वरी मन्दिर, भ्यु टावर, महांकाल तथा गुहेश्वरी मन्दिर) हरुमा आउने पर्यटक तथा देशका ७७ वटै जिल्ला बाट आएर बसोबास गरेका र पुराना बासिन्दा हरुको सुरक्षा सुदृढीकरण का सम्बन्धमा अन्तर्क्रिया तथा छलफल कार्यक्रमको आयोजना गरिएको थियो।

एक औपचारिक कार्यक्रमका बिच सम्पन्न गरिएको सो कार्यक्रममा, महानगरीय प्रहरी वृत्त का प्रमुख रञ्जित सिंह राठौर, प्रशासकीय अधिकृत हिरामणि सुवेदी उपप्रमुख भवानी डोटेल र तारकेश्वर का संपूर्ण वडाका वडा अध्यक्ष तथा टोलबासि र विद्यार्थी भाइबहिनी हरुको पनि उपस्थिति देखिन्थ्यो। कार्यक्रममा सहभागी हरुले प्रहरीको कामप्रति भएका गुनासाहरु लाई लिखित र मौखिक रुपमा प्रस्तुत गरेका थिए भने प्रमुख अतिथिले सो गुनासाहरु को सक्दो समाधान गर्नु भएको थियो।तारकेश्वर ११ को कान्तिपुर ए बी पार्टी प्यालेस मा आयोजना गरिएको यो कार्यक्रम मा जनचेतना मूलक सांगीतिक कार्यक्रम को प्रस्तुति पनि रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।