0 COMMENTS

त्यो शायद वसन्तको दिन थियो, त्यसैले त तिमीलाई देखेको पहिलो पल ती बगैंचा भरी रङ्गीन गुलाब मुस्कुराई रहेका थिए भने, काफल पाकेपछि आउला भनेर गएको आफ्नो प्रेमीलाई कोइलीले काफल पाकेको संकेत दिँदै बाग मा मन् बहलाउन आउने हरकोइलाई आफ्नै मान्छे हो कि भनेर काे हौ? भनी सोधेकी थिई।

हल्का बतासको स्पर्सले पनि सररर झर्ने शिरीषका फूलहरूले धर्ती निल गगन समान बनेकी थिई अनि कलकल गरी बग्ने खोला र छङ् छङ गरी झर्ने झरनाको सुमधुर स्वर कुनै सिशा पगाल्ने शक्ति भएको सङ्गीत भन्दा कम् थिएन अझै ठीक त्यही समय पारेर पर कुनै अपरिचित ले बजाएको मिठो बासुरीको धुनमा भएको मिठास नखाइएको अमृत मा पनि पाइन्नकी भन्ने लाग्थ्यो।

बिना पात झपक्कै आँगन मा फुलेका आरुका सेता र राता फूलहरू फुलेको समयमा साथीको साथ लागेर आएका तिमी सँगै आएको सुगन्धित चमेली फूलको बास्ना आइरहोस् भन्ने लागे पनि त्यही सुगन्ध को पछि लागि आइदिने तिम्रो यादले झसङ्ग हुने गर्दथेँ र त आफैले सारेको त्यो विरुवा उखेलेर मैले बेली लगाएकी थिएँ।
तिमीले गुनगुनाउदै आएको “ऋतु हरुमा तिमी” बोलको गीत मेरो मनको टप फस्ट मा परेको ले नै त हर रात स्लिपिङ ट्याब्लेट को काम उसैबाट चलाउने गरेकी थिएँ अनि वनभोज खाने निहुँमा पुगिएको टाढा को पोखरी लाई नै फेवाताल मानेर तिमीले गाएको “तिमीसँग ढुङ्गा मा घुम्दा घुम्दै फेवाताल “बोलको गीत हरेक जमघट हरुमा गाउने अवसर मिल्दा मेराओठ हरुले गुनगुनाउने रहर गर्दथे।

तर यति सुन्दर वसन्त अनि उसैसँग रमाएको र सजिएको प्रकृतीको वर्णन र स्मरण गरुँ भन्दा पनि, त्यही ऋतु राजको साथ पाएर बोटै ढाक्ने गरी धेरै थरी रंगहरुमा फुल्ने गुराँस जस्तै फक्रिएको मेरो मनमा तलवार बनेर आउने कसैको याद पलाँस सरी सुगन्ध विहिन र अर्थहीन हुन पुग्थ्यो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।