सरकारी कार्यालयमा एकदिन-प्रतिभा भट्टराइ

वर्ष भरिका धेरै चिसो अनुभव गरिने मिनपचासको समय अनि रातभरि परेको अविरल वर्षाका कारण दिनमा पनि मौसममा सुधार आउने संकेत थिएन।र पनि त्यसै दिन सक्नु पर्ने कामका लागि जस्तो परिस्थितिमा पनि निस्कनु पर्ने नै भएकोले सडकमा चिप्लँदै, लड्दै र भिज्दै पनि हतार हतार आफ्नो गन्तव्य तर्फ लागेका मानिसहरू बाट प्रेरणा लिँदै म पनि निस्किएकी थिएँ।

त्यस कार्यालयमा लागेको भीड ले झन् प्रकृतिको नियम सँग डराएर आफ्नो काम मा ढिलाई गर्न नहुने पाठ सिक्दै काम सुरु गर्न लाग्दा एक कर्मचारीले ५ नं को कोठामा जाने संकेत दिएका थिए। त्यस कोठामा केही समय को पर्खाइ पछि सकिएको काम सँगै फेरी अर्को कोठामा जाने आज्ञा अनुसार पालै पालो, म भिज्दै र अोत लाग्दै अनि कहीं कर्मचारीको प्रतीक्षा गर्दै र कहीं लाइन मा बसेर पालो कुर्दै ६ वटा कोठा घुमिसकेकी थिएँ। अब भने पालो आएको थियो नौ नं को, त्यस कोठामा भने ५ जना जति, तातो तातो चिया र हिटर को साथमा पानी परे पश्चात बढेको चिसो बारे गफिँदै काममा व्यस्त बनेका देखेर मैले पनि आफ्नै घरको चिया र हिटर याद गरेकी थिए,यत्तिकैमा मैले आफ्नो काम देखाएँ र छिट्टै सकियो पनि तर म भने भिजेका लुगा र चिसो मनमा अल्मलिएर अब कुन कोठामा जानु पर्ने हो भन्ने सोचमा डुब्न पुगेछु र अन्य कोठाका कर्म चारीले झैं उसबाट पनि कुनै कोठामा जाने आदेश को प्रतीक्षा पो गर्न पुगेछु अनि निकै बेर सम्म पनि केही संकेत नपाए पछि मैले आफैलेआँट गरेर सोधेंकी थिएँ, अब म कहाँ जाऊँ?

उसले मज्जाले तातो हाँसोमा हाँस्दै भन्यो, खै तपाईंको बानेश्वर जानु पर्ने होला, मैले ज्ञानेश्वर जानु होस् भन्न मिल्छ र? ऊसँगै उसका सबै साथीहरु हलल्ल हाँसेको देखेर आफूलाई पनि हाँस्न मन लागेको भए पनि लग लग कामेको मन् हाँस्न नसकी काम सकिएको मा खुसी भने भएको थियो।