१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता निश्मा श्रेष्ठ लाई बधाई तथा सम्मान कार्यक्रम

2019-12-11   खेलकुद

प्रतिभा भट्टराइ,काठमाण्डाै, २०७६ मंसिर २३ गते उनको जन्म दिनको अवसरमा,१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बुधबार भएको साइक्लिङ डाउनहिलमा महिला तर्फको स्वर्ण पदक विजेता तारकेश्वर नगरपालिका वडा नं ४ निवासी निश्मा श्रेष्ठ लाई, नयाँ गणेश उपभोक्ता समिति र टोलबासी साथै शुभचिन्तक आफन्त हरुले बधाई तथा शुभकामना र सम्मान कार्यक्रम को आयोजना गरी बाजागाजा र नारा सहित टोल वरपर रहेका मन्दिरहरू परिक्रमा गराएका छन।

सानै देखि साइक्लिङ मा रुचि राख्ने निश्मा ले १२ कक्षाको शिक्षा सके पश्चात मामाको साइकल चढेर आफ्नो रहर पूरा गर्न सुरु गरेकी थिइन्। बिस्तारै साथीहरु बढाउने क्रममा उनको भेट पुरुष तर्फका स्वर्ण पदक विजेता राजेश मगर सँग भएको थियो। दुबै जनाको कठोर मेहेनत सँगै यो उपलब्धि हासिल गर्न सकिएको कुरा उनका आफन्त हरु बताउँछन्। उक्त कार्यक्रम शहरी विकास राज्य मंत्री रामविर मानन्धरले सम्मान गरी सुरु गरिएको थियो।