कुस्तीबाट संगिताले दिलाइन नेपाललाई स्वर्ण

2019-12-07   खेलकुद

काठमाडौं २१-मंसिर-२०७६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा संगीता धामीले कुस्तीबाट नेपाललाई स्वर्ण पदक जिताएकी छिन्।

धामीले ५५ केजी तौल समूहमा बंगलादेशकी सकिरा रेमीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन्। संगीताले जनकपुरमा भएको फाइनलमा ५–१ अन्तरले सकिरालाई पराजित गरेकी हुन्। हालसम्म नेपालको स्वर्ण संख्या ४३ पुगेको छ। आजै नेपालका लागि म्याराथनबाट किरणसिंह बोगटीले पनि स्वर्ण दिलाएका थिए।