0 COMMENTS

धरान१६ मंसिर २०७६,/धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन् ।

कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार बनेका तिलक राई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार प्रकाश राईभन्दा १ हजार ३ सय ७० मतको अन्तरले अगाडि देखिएका छन् ।

सोमबार बिहान ६ बजेको नतिजाअनुसार नेपाली कांग्रेसका तिलक राईले २३ हजार मत पाएका छन् ।

सत्तारुढ नेकपाका मेयरका उम्मेदवार प्रकाश राईले २१ हजार मत पाएका छन् ।

धरान उपमहानगरपालिकाको २० वटा वडामध्ये अब तीन वटा वडाको मात्रै मत गणना बाँकी छ । वडा नम्बर ३ को मतगणना जारी रहेको छ ।
१ र २ नम्बर वडामा मतगणना हुन बाँकी छ । १, २ र ३ नम्बर वडा मुख्य बजारमा पर्छ । यसअघि १ र २ नम्बर वडा नेपाली कांग्रेसले जितेका वडा हुन् । वडा नम्बर ३ नेकपाको पकड रहेको वडा मानिन्छ ।

धरान उपमहानगरपालिकामा अब दश हजार मतगणना गर्न बाँकी छ ।

नेपाली कांग्रेसले धरान उपमहानगरपालिकामा जित्ने विश्वास लिएका छन् । उनीहरुले राति नै जीतको खुसीयाली मनाउँदै नाराबाजी गरेका थिए । यस अघि त्यहाँ नेकपाले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।