0 COMMENTS

प्रतिभा भट्टराइ,काठमाण्डाै ९म‍‌सीर/लैङ्गिक हिंसा विरुद्ध काे अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म देशैभरि विभिन्न कार्यक्रम हरु गरी मनाइए सँगै, तारकेश्वर नगरपालिकाको ११ वटै वडा हरुमा पनि”समानताको पुस्ता बलात्कार विरुद्ध ऐक्यबद्धता”भन्ने राष्ट्रिय नारा का साथ भिविन्न जनचेतना मूलक कार्यक्रम का साथै हस्ताक्षर संकलन गरी मनाइँदै छ।

आज मंसिर ९ गते सोमबार तारकेश्वर नगरपालिकाको वडा नं ६ स्थित रिभर साइड को हलमा,नगरपालिकाको आयोजना मा लैङ्गिक हिंसा समन्वय सञ्जाल र ओरेक नेपालको सहकार्यमा गर्न लागिएको उक्त कार्यक्रमको उदघाटन उप नगर प्रमुख भवानी डोटेल ले ब्यानर पढेर ब्यानर मा हस्ताक्षर गरी उपस्थित सबैलाई हस्ताक्षर गर्नआग्रह गर्दै गर्नु भएको थियो।सभाध्यक्ष, न्यायिक समितिको संयोजक समेत रहेकी भवानी डोटेल रहनु भएको सो कार्यक्रममा, लैंगिक हिंसा समन्वय सञ्जालकी अध्यक्ष बिना राना , नगर शिक्षा प्रमुख होम नाथ न्यौपाने, कानुन व्यवसायी भोजराज आचार्य, प्रहरी प्रमुख वाल नरसिंह राणा लगायत ,प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष हरु , विषयगत शाखा कर्मचारी हरु का साथै महिला सदस्य हरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा हरेक वर्ष बढ्दै गइरहेको हिंसा का घटना हरु बारे बोल्दै विभिन्न वक्ता हरुले हिंसा न्युनिकरणका उपाय हरु पनि बताउनु भएको थियो। भने सभाध्यक्ष भवानी डोटेल ले प्रकृति मा भएका कुनै पनि जीवले आफ्नो अधिकार पाउनु पर्ने तथा समाजमा रहेका सबै वर्ग हिंसा मा परेका कारण हरेक व्यक्तिले आफ्नो हक अधिकारको बारेमा सुसूचित हुनु पर्ने र हिंसा सहने नभई परेको खण्डमाआत्मविश्वास सहित हिम्मत जुटाउनु पर्ने कुरा पनि बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।