0 COMMENTS

वि.सं.२०७६ साल मङ्सिर ०८ गते । आइतबार । इस्वी सन् २०१९ नोभेम्बर २४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । मार्गकृष्ण पक्ष । तिथि त्रयोदशी,४४ घडी २९ पला,रातको १२ बजेर २० मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र चित्रा,१५ घडी ०४ पला,दिउसो १२ बजेर ३४ मिनेट उप्रान्त स्वाती । योग आयुष्मान,०० घडी १३ पला,बिहान ०६ बजेर ३८ मिनेट उप्रान्त सौभाग्य । करण गर,दिउसो ०१ बजेर २१ मिनेट उप्रान्त वणिज,रातको १२ बजेर २० मिनेट उप्रान्त भद्रा । आनन्दादिमा पद्य योग । चन्द्रराशि तुला । काठमाडौँमा सूर्योदय ०६ बजेर ३२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट । दिनमान २६ घडी २७ पला । काठमाडौँको पशुपतिक्षेत्र, नुवाकोटको तारुकाघाट, झापास्थित शताक्षीधाम र अर्जुनधारा, रामेछापको त्रिवेणी, खोटाङस्थित हलेसी महादेवस्थान लगायत शिवालय एवं तीर्थस्थानहरूमा बाला चतुर्दशी मेला सुरु ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आर्थिक पक्ष बलियो रहने हुनाले जीवन शैली विलासी रहनेछ । नयाँ काम गरी आम्दानी बढाउन सकिनेछ भने भौतिक सम्पत्ति तथा स्थायी सम्पत्ति जोड्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुँदा मन प्रसन्न रहनेछ । रमाइलो यात्राको तय गर्न सकिनेछ । परिवारसँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुसी रहनेछ । पढाई लेखाइमा राम्रो नतिजा ल्याउँदै अगि बढ्न सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समय राम्रो रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाई लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम रहेनछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरू साँघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) घर जग्गा तथा पैतृक सम्पत्तिमा विवाद बढ्ने ग्रहयोग रहेकोेछ भने सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नसोचेको घटना घट्न सक्छ । राजनीति तथा समाजसेवामा तपाईँको प्रभाव कमजोर भएर जानेछ । व्यापार व्यवसायमा लगानी गरे पनि आम्दानी कम हुने हुँदा दैनिकी प्रभावित हुन सक्छ ध्यान दिनुहोला । उच्च महत्वकांक्षाले समस्या निम्तन सक्छ ध्यान दिनुहोला । प्रेममा सामान्य विवाद बढ्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाई लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरू माझ राम्रो कामगरि प्रसिद्धि कमाउँन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बोल्दा ख्याल गर्नुहोला समय मध्यमय रहेको छ । आफन्त तथा इष्टमित्रसँग मनमुटाब बढ्नेछ । रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटी लाने तथा अनावश्यक ठाउँमा खर्च बढ्नेछ । माया प्रेममा एक अर्कालाई शङ्का गर्नाले मनमुटाब बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । व्यापार व्यवसायमा लाग नि गरी आम्दानी गर्नको लागि केही समय कुर्नु नै बेस हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भौतिक बस्तुको प्रयोग गर्न पाइने तथा राम्रा पहिरनमा सजिएर अरूको मन लोभ्याउन सकिनेछ । तपाईबाट राम्रा काम हुने हुनाले परिवार तथा साथीभाइहरू खुसी हुनेछन् । पढाई लेखाइमा सुधार गरी नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानीका स्रोत बढाउन सकिनेछ भने व्यापारमा आजको दिन लगानी गर्नाले पछिसम्म लाभ मिल्नेछ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । लामो दुरीको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । काम गर्दा सावधानी अपनाउनुहोला खराब ब्याक्तिको विश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । पढाई लेखाइमा मन नजाने हुनाले अरू भन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्काबिच बैमनस्यता बढ्नेछ । घर भित्रकै मानिसहरूबाट धोका हुने सम्भावना रहेकोले सचेत रहनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आर्थिक अवस्था उकास्न गरिने क्रिर्याकलापहरु फस्टाएर जाने हुनाले मनग्गे आम्दानी हुनेछ । बुवाको धन परिचालन गरी लाभ लिन सकिनेछ । शिक्षा तथा यस्तै क्षेत्रमा लगानी गर्ने अवसर आउनेछ । दाजुभाइको सहयोगले सवारी साधन जोड्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मीयताको विकास हुनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइनेछ । नयाँ काम पाउने तथा व्यापारमा प्रशस्त आम्दानी हुने हुँदा आर्थिक स्थिति सुदृढ हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । प्रण सम्बन्धको डोरो कसिलो भएर जानेछ । पैतृक सम्पत्ति तथा सरकारी सम्पत्तिको प्रयोग गर्न पाइने हुँदा मन प्रसन्न हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) धार्मिक कार्य तथा परोपकारमा मन जानेछ। खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा कमजोरी अनुभव हुनेछ। खराब आचरण भएका व्याक्तिहरुले फसाउने तथा केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला। आशा देखाउनेहरूको भरपर्दा काम बिग्रनेछ । धार्मिक क्षेत्र तथा परोपकारी काममा सहभागी भई काम गर्ने अवसर जुर्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला नराम्रो घटना घट्न सक्छ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । आफन्त तथा साथिभाई बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।