0 COMMENTS

Breastस्तनका विषयमा केही यस्ता तथ्य छन्, जुन थाहा पाउँदा तपाईंलाई निकै अचम्म लाग्न सक्छ । यी तथ्यहरु अनौठा मात्रै होइनन्, वास्तविक पनि हुन् । यसमध्ये प्रायजसो तपाईंलाई जानकारी नहुनसक्छ ।

– प्राय महिलाले सोच्छन्, ब्रा लगाउँदा स्तनलाई आवश्यक नियन्त्रण मिल्छ र यो छिट्टै लूज हुँदैन । तर, एक अध्ययनमा पाईयो यसरी ब्रा लगाउँदा गर्धन र पिठ्यूँमा नकारात्मक असर पर्छ ।

– अर्को एक अध्ययनकाअनुसार स्तनको मसाजले क्यान्सरको खतरा कम गर्छ ।

– स्तन मसाज गर्दा अक्सिटोसिनको श्राव हुन्छ । यो त्यो हर्मोन हो, जुन विपरित लिंगीसँग अंगालो मार्दा रिलिज हुन्छ ।

– दुईदेखि ६ प्रतिशत महिला तथा एकदेखि तीन प्रतिशत पुरुषको शरीरमा अर्को एक निप्पल पनि हुन्छ । जुन निप्पल पैतालादेखि शरीरको जुनसुकै अंगमा हुनसक्छ ।

– निप्पल लिक तब हुनसक्छ, जब महिलाहरुले ब्रेस्टफिड गराएका हुँदैनन् ।

– ठिक ढंगले कपडा तथा ब्राजस्ता बाहिरी लेयर नलगाउने हो भने निप्पलमा अनावश्यक घर्षण हुन्छ, जसका कारण ब्लिडिङ हुनसक्छ ।

– चीनमा ब्रा स्टडिज पनि हुन्छ । यसको डिग्री पनि उपलब्ध छ ।

– स्तनमा मांसपेशी हुँदैन । त्यसकारण स्तनलाई फिट राख्नका लागि युवतीहरुले एक्सरसाइज गर्छन्, जसले उनीहरुको छातीलाई टाइट राखोस् । टोण्ड फिगरका लागि पेक्टोरल मसल्स सम्बन्धी एक्सरसाइज हुन्छ ।

– स्मोकिङ गर्ने महिलाको स्तन छिट्टै खुकुलो हुन्छ । यस्तो असर सिगरेटमा हुने केमिकलका कारण देखिन्छ । यसले शरीरको इलास्टिनलाई टुटाउने काम गर्छ, जसका कारण समय नै नहुँदै स्तन झोलिन थाल्छ ।

– ८० प्रतिशत महिलाले गलत साइजको ब्रा लगाउँछन् । जसले ब्याक पेन तथा अपचको समस्या निम्त्याउन सक्छ ।

– स्तनको आकार जेनेटिक्स तथा बढ्दो वजनमा निर्भर गर्छ । जब वजन घटबढ हुन्छ, त्यसको पहिलो असर स्तनमा नै देखिन्छ ।

– एक अध्ययनअनुसार कफीमा क्याफिन हुन्छ, जसले स्तनलाई थप संवेदनशील बनाउँछ ।

– तपाईंलाई थाहा छ, पुरुषको पनि ‘निप्पल’ किन हुन्छ ? किनकी हरेक भ्रुण पहिले स्त्रीको रुपमा नै विकास हुन सुरु गर्छ । त्यसपछिमात्रै त्यसमा बदलाव आएर पुरुष बन्ने हो । पुरुषको रुपमा विकास हुनुअगावै निप्पलको विकास भइसक्छ ।

– अवाई, टेक्सास, ओहियो, न्यूयोर्क तथा माइनजस्ता चर्चित सिटीमा महिलालाई टप लेस भएर हिँड्ने छुट छ ।

– जापानमा केही पुरुषहरु आफ्नो निप्पललाई सुन्दर देखाउनका लागि त्यसलाई रातो रंगको ट्याटूले रंग्याउँछन् ।

– अमेरिकामा करिब दुई मिलियन महिलाले आफ्नो स्तन इम्प्लान्ट गरेका छन् ।

– एक स्टडीकाअनुसार कतिपय महिलाले आफ्नो स्तनमा रहेको निप्पलको घर्षणबाटै अर्गाज्म (सेक्सका दौरान पाउने आनन्द) प्राप्त गर्छन् ।

– के तपाईंलाई थाहा छ, संसारको सबैभन्दा ठूलो स्तनको किर्तिमानी कसको नाममा छ ? थाहा छैन नि ! उनको नाम एेनी हकिन्स हो । उनको स्तन ४३ इञ्चको छ, पूरा छाति भने ७० इञ्च चौडा रहेको छ ।एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।