0 COMMENTS

बासुदेव सेडाइ,२५कार्तीक,०७६/सहयोगी मनकी धनी, समाजसेवामा सक्रिय साथै चर्चित लाेकदाेहाेरि गायिका सर्मिला थापाले अाफ्नाे जन्मदिन  बृक्षराेपण गरेर मनाउनु भएको छ । काठमाडौंकाे बालाजु बाईसधारामा रुद्राक्षकाे विरुवा राेप्दै जन्मदिनमा बृक्षराेपण अभियान प्रति ऐक्यबद्धता जनाउनु भएको छ । वातावरण सन्तुलन , नेपाली माैलिक संस्कृतिकाे संरक्षण गर्न भन्दै २०७५ मंसिर २९ गते लमजुङको बेसीशहरबाट जन्मदिनमा बृक्षराेपण अभियान सुरुवात गरिएको हाे ।

लमजुङबाट सुरु भएको अत्यन्तै उत्कृष्ट अभियानमा अाफ्नाे सधैं साथ सहयोग र समर्थन रहने भन्दै कलाकार थापाले अाफ्नाे जन्मदिनमा एउटा विरुवा राेप्न सम्पूर्ण नेपाली नागरिकहरु लाई अाग्रह गर्नुभयो । सकारात्मक र रचनात्मक बिचारले सभ्य समाज निर्माण गर्ने हुनाले सबैले साथ दिनुपर्ने बताउनु भयो । बृक्षराेपण कार्यक्रमलाई बाईसधाराका कर्मचारीले सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।