राष्ट्रपतिद्वारा चेस च्याम्पियनसिप उद्घाटन

2019-11-10   खेलकुद

काठमाण्डाै२४कार्तीक०७६/  नेपाल बुद्धिचाल संघले राजधानीमा आयोजना गरेको मदन भण्डारी मेमोरियल एशियन एमेच्योर चेस च्याम्पियनसिप २०१९ को महामहिम राष्ट्रपति बिद्यादेवी भण्डारीले एक कार्यक्रमविच उद्घाटन उद्घाटन गरिन् ।

बुढानिलकण्ठस्थित पार्क भिलेजमा शनिबार राष्ट्रपति भण्डारीले चेसको गोटी चालेर च्याम्पियनसिपको उद्घाटन गरेकी हुन् । च्यामिपयनसिप उद्घाटनमा युवा तथा खेलकुद मन्त्री माननिय जगतबहादुर सुनार बिश्वकर्मा, मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठ, विश्व बुद्धिचाल महासंघका अध्यक्षका प्रमुख
सल्लाहकार बेरिक बेल्गायिभले सफलताको शुभकामना ब्यक्त गरेका थिए । कार्तिक २९ गते सम्म आयोजना हुने च्याम्पियनसिपमा नेपाल सहित एशियाका १५
राष्ट्रका १०० खेलाडीहरुले सहभागित जनाउँदै छन् । २१ सय भन्दा कम रेटिङ्ग भएका तथा तथा अधिकतम फिडेमास्टर सम्मका उपाधी प्राप्त खेलाडीहरुको सहभागिता रहने च्याम्पियनसिपमा नेपाल बाट आधिकारीक रुपमा २०३२ रेटिङ्ग प्राप्त हालै मात्र मास्टर्र्स उपाधी विजेता पुरुषोत्तम चौलागाई र सुजना लोहनीले प्रतिस्पर्धा गर्दैछन् । सहभागि प्रत्येक राष्ट्रबाट आधिकारीक रुपमा दुई खेलाडीमात्र सहभागि हुन पाउने भएता पनि अन्य खेलाडीहरुले खुल्ला रुपमा आफुलाई प्रतिस्पर्धीको रुपमा उभ्याउन सक्ने छन् । नेपालबाट आधिकारीक खेलाडी सहित ७० खेलाडीहरुको
सहभागिता रहेको छ ।

कुल १३ हजार ५ सय अमेरिकी डलर पुरस्कार राशी रहेको तथा स्विस लिग प्रणाली अनुरुप ९ चरण सम्म क्लासिक तथा ब्लिज दुई फरम्याटमा संचालन हुने च्याम्पियनसिपका विजेताले क्यान्डिडेटमास्टर र नगद १५ सय डलर तथा महिला तर्फ विजेताले उमनक्यान्डिडेटमास्टरको उपाधी सहित नगद ७ सय डलर प्राप्त गर्ने छन् । यस्तै पुरुष तर्फ उपविजेताले १ हजार र तृतीय हुनेले ७५० डलर प्राप्त गर्ने छन् । यस्तै महिल तर्फ उपविजयीले नगद ५ सय र तेश्रोले नगद ३ सय डलर प्राप्त गर्नेछन् । अहिले सम्मकै ठुलो धनराशी पुरस्कार दावी गरिएको च्याम्पियनसिपमा क्लासिक तर्फ ३७ र ब्लिज तर्फ ६ खेलाडीले नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएका छन् । च्याम्पियनसिपलाई स्वच्छ र मर्या्दित बनाउनका लागि एयिशन चेस फेडेरेशनका डेपुटी प्रेसिडेन्ट भरत सिंह चौहान र विश्व बुद्धिचाल महासंघका अध्यक्षका प्रमुख सल्लाहकार बेरिक बेल्गायिभको समेत उपस्थिती रहनेछ ।