0 COMMENTS

काठमाडौं, २९ असोज । शैक्षिक अभियन्ता विजय थापाले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र (डिन) कार्यालयका डिन डा. जगदिश अग्रवालमाथि कालो मोसो दलेको घट्नाको सम्पूर्ण जिम्मा आफूले लिने बताउँदै आजै प्रहरी प्रशासनमा आत्मसमर्पण गर्ने घोषणा गरेका छन् ।

हीजाे मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै थापाले डिन अग्रवालमाथि दलिएको कालो मोसोको सम्पूर्ण जिम्मेवारी आफूले लिएको बताए । उनले भने,‘भ्रष्टहरु विरुद्धको यो लडाई लड्दै गर्दा देशमा कानून छ, यसको पालना गर्नुपर्छ । कानूनको सम्मान र रक्षा पनि गर्नुपर्छ भननेमा म सजग छु ।
कानूनको सम्मान र पालना गर्नुपर्छ भनेर नै म यस प्रेस विज्ञप्तीसहित आज तपाईहरुको सामू उपस्थित् भएको छु ।’

थापाले कालोमोसो दल्न रहर नभएको बताउँदै भने,‘यो समय र अवस्थाले निम्त्याएको बाध्यता थियो । अरु विकल्प सोच्न र खोज्न तत्कालिन् अवस्थामा सम्भव थिएन् ।’ थापाले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘शिक्षा, स्वास्थ, रोजगार हाम्रो मौलिक अधिकार भन्ने नाराका साथमा हामी निरन्तर संघर्षरत रहेको सर्व्विदितै छ । शिक्षा र स्वास्थ सेवालाई निःशुल्क, सर्बसुलभ, गुणस्तरीय, मर्या्दित बनाई नेपाली जनताले यसलाई मौलिक अधिकारका रूपमा प्रत्यक्ष अनुभव गर्नसक्ने वातावरणको निर्माणार्थ केन्द्रित छौँ।’

स्वास्थ, शिक्षा र रोजगारलाई मौलिक अधिकारका रूपमा सुनिश्चितता सहितको प्रत्याभूति सरकारले नदिलाएसम्म आफूहरु निरन्तर रचनात्मक तवरमा दबाबमुलक, शान्तिपूर्ण संघर्षका कार्यक्रमहरु निरन्तर अगाडि बढाईरहनेपनि थापाको जिकिर छ । उनले आफूले संघर्षकै क्रममा दुईपटक आफ्नो ज्यानको बाजी राखेर ( सत्याग्रह) आमरण अनशनमा बसेको पनि बताए ।

थापाले आफूले अघि सारेका मागहरू पनि सार्वजनिक गरेका छन् । उनकाअनुसार शिक्षा, स्वास्थ्य, रोजगारलाई मौलिक अधिकारका रूपमा सुनिश्चितता गरि प्रत्यक्ष रूपमा अधिकारको उपयोग गर्नसक्ने ग्यारेन्टीको प्रत्याभूति दिलाईनुपर्ने, काठमाडौं उपत्यकाबाहिर तत्काल् मेडिकल कलेज खोल्ने खुलाउने बाताबरणको
निर्माण गरि सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुले नेपालमै चिकित्सा शिक्षा अध्ययन गर्न सक्ने बाताबरण को निर्माण गरिनुपर्ने, बाङ्लादेशबाट डाक्टर पढेर फर्कने क्रममा त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनामा परेर मृत्यु भएका (१८) अठार जना डाक्टरहरुको परिवारलाई सरकारी तवरबाट क्षतिपूर्तिको ब्यबस्था गरिनुपर्ने लगायत छन् ।

त्यस्तै, उनले सरकारी तलबभत्ता, सेवासुबिधा लिएर राजनीति गर्ने सरकारी कर्मचारीहरूलाई सरकारी सेवाबाट बर्खास्त गरि कडाभन्दा कडा कारबाही गरिनुपर्ने पनि आफूहरुको अर्को मुख्य माग रहेको सुनाए । आन्दोलन र अनशनका नाममा अनेकौं नाटक मन्चन गरि स्वास्थ संस्थाजस्तो अत्यन्तै संवेदशनी क्षेत्रलाईनै ठप्प पारी बन्धक बनाएर बार्गे्निङ गर्ने डाक्टर गोबिन्द केसी र भ्रष्ट डिन जगदीश अग्रवालसहितको अराजक झुंडहरुलाई तत्काल सरकारी सेवाबाट बर्खास्त गरि कडा कारबाही गरिनुपर्ने उनको माग छ । उनले अघि सारेका मागहरुमा प्लस टु माथीको उच्च शिक्षा नेपाल मै अध्ययन गर्ने बाताबरणको ब्यवस्था गरि अध्ययन का नाममा वर्षै्नि देशबाहिर बिदेशीने गरेको (७०)सत्तरी अर्ब रुपैयाँ स्वदेशमै रहने बाताबरणको निर्माण गरिनुपर्ने, स्वदेशमै लगानी गरि रोजगारी सिर्जना गरेर यो देशको रास्ट्रिय पुँजी निर्माणार्थ सहयोग टेवा पुर्याउन दृढ़ संकल्पित उद्योगि, व्यावसायिहरुलाई प्राथमिकता राखेर लगानी गर्ने वातावरणको निर्माण गरि लगानी सुरक्षित गरिदिने वातावरणको निर्माण गरिनुपर्ने पनि रहेका छन् ।

केही समय पहिले विद्यार्थीहरुले विभिन्न आठ बुँदे माग राखी त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्यन संस्थान (आइओएम)को डिन कार्यलय र परिक्षा नियन्त्रण शाखामा लगाएको तालाबन्दी, विभिन्न मेडिकल कलेजबाट पीडित विद्यार्थीहरुको आन्दोलनप्रति विद्यार्थीहरुको सम्पुर्ण संघर्षका कार्यक्रमहरुप्रति पनि आफूहरुको प्रत्यक्ष सहभागिता र समर्थन सहितको एक्यवद्धता रहेको थापाले जनाए ।

उनले भने,‘ती आन्दोलनमा हाम्रो समर्थन र साथ थियो । अहिलेपनि छ र यो रहिरहने छ । हामीले बिगतदेखिनै चिकित्साशिक्षा ऐनले ब्यवस्था गरेको ७५५ प्रतिशत छात्रवृत्तिको प्राबधान लागु हुनुपर्छ, मेडिकल कलेजहरुले विभिन्न शिर्षकमा उठाउदै आएको मनोमानी शुल्क फिर्ता गरि उक्त मेडिकल कलेज उपर कारबाही हुनुपर्छ, तत्काल शक्तिशाली स्वतन्त्र चिकित्सा शिक्षा आयोगले पूर्णता पाउनुपर्छ, नेपालमा पहिलोपटक डिन जगदीश अग्रवालकै पालामा एमबिबिएस परीक्षाको प्रश्नपत्र परीक्षाअगावै पैसाको चलखेलमा बेचिएको घट्नामा डिन अग्रवालमाथी छानबिन हुनुपर्छ ।’ डिन जगदीश अग्रवालको शैक्षिक प्रमाणपत्र र सम्पत्ति छानबिन गर्नुपर्ने आफूहरुको पूर्ववत माग अहिलेपनि यथावत रहेको थापाको जिकिर छ। उनले भने,‘डिन जगदीश अग्रवालको नागरिकता छानबिन हुनुपर्छ । हामीले यो मागसहित निरन्तर रूपमा सरकारलाई शान्तिपुर्ण तवरमा दबाब दिँदै आइरहेका थियौ । तर, हाम्रो आवाज

 

यहाँपनि सुनिएन। पटकपटक सरोकारवाला निकाय (त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्यन संस्थान् (आइओएम) का डिन अग्रवाललाई विद्यार्थीहरुको समस्याहरुको विषयमा, डिन जगदीश अग्रवालमाथि नै उब्जिएका विभिन्न गम्भीर प्रकारका नैतिक प्रश्नहरुका विषयमा यिनै (आइओएम) डिनलाई नै हामीले ज्ञापनपत्र बुझाउदा च्यातेर फ्यालिदिनेसम्मका हर्कत देखाउनुभयो। जगदीश अग्रवाज्ञापनपत्र उहाँले कागजमात्रै सोच्नुभयो ।’

उनले हिजोमात्रै सरकारी सेवाबाट अनिवार्य अवकाश प्राप्त गरेका डा. गोविन्द केसीलाई ठगको संज्ञा दिए । केसीले नेपाली विद्यार्थीहरुलाई विदेश पढ्न पठाउन बाध्य गरेको उनको आरोप छ । उनले भने,‘नेपालमा मेडिकल कलेज खोल्न नदिने, आमरण अनशनको नाटक मञ्चन गर्नेहरुविरुद्ध हामी निरन्तर संघर्ष गर्छौं । यसको लागि बरु परे पटक पटक जेल जान्छौं । भ्रष्टहरुको दिनगिन्ती सुरु गरिसकेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।