0 COMMENTS

वि.सं. २०७६ आश्विन २६ गते आइतबार तदनुसार ई. सं. २०१९ अक्टोबर १३ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : पूर्णिमा व्रत, कोजाग्रत व्रत, कार्तिक स्नान र आकाश दीपदानको आरम्भ, नेवारी पर्व योसिमितवियगु, कत्ति पुह्नि, रास महोत्सव (कृष्णप्रणामी), आजको मूहुर्त : दैलो राख्ने, कलशचक्र, आश्विन शुक्लपक्ष (कौलाथ्व) पूर्णिमा तिथि, मध्यरात्रीपछि ०१:५८ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, उत्तराभाद्रा नक्षत्र, बिहान ०८:३१ बजेसम्म, त्यसपछि रेवती नक्षत्र, चन्द्रमा मीन राशिमा (अहोरात्र व्याप्त), व्याघात योग, (अहोरात्र व्याप्त), सुरुमा विष्टि (भद्रा) करण दिउँसो ०१:०१ बजेसम्म, त्यसपछि बब करण मध्यरात्रीपछि ०१:५८ बजेसम्म, अन्तिममा बालब करण, आनन्दादि योग : स्थिर, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : वायव्य, वारशूल : पश्चिम, नक्षत्रशूल : दक्षिण, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०६:०२ बजे, सूर्यास्त : साँझ ०५:३६ बजे, दिनमान : २८ घडी ५३ पला (११ घण्टा ३३ मिनेट, रात्रीमान : ३१ घडी ०७ पला (१२ घण्टा २७ मिनेट)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काम प्राप्त हुनसक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने छ । टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिने छ । स्वास्थ्यप्रति सतर्क रहनु पर्छ, खास गरी जोखिम मोल्ने काम र गरिष्ठ भोजनबाट टाढा रहनु राम्रो हुनेछ । भेटघाटमा अलमलिनाले नियमित काममा बाधा पुग्न सक्छ । चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिने छ । दिगो आम्दानी हुने काम फेला पार्न सकिने छ । बरु फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छनर्् । प्रतिस्पर्धीलाई उछिन्न सकिने छ । टाढाका आफन्त वा साथीभाइसित भेटघाट हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –धेरै श्रम गर्दा तत्काललाई कम मूल्य प्राप्त हुनेछ । तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ । आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन् । भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुनसक्छ । लगानीको तुलनामा थोरै लाभांश देखिए पनि आजको प्रयत्नबाट पछिका लागि फाइदा हुनेछ । अवसर आउने छ, सचेत रहँदा राम्रो लाभ लिन सकिने दिन छ । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुनसक्छ । सरसापटमा धन खर्च हुने समय छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –मिश्रित प्रभाव भएको दिन छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट खासै लाभ पाउन सकिंदैन । व्यापारमा समय दिन नसकेमा बेफाइदा हुनेछ । सामाजिक काम र परोपकारका मार्गमा अवरोध आउने छ । विशिष्ट व्यक्तिसँगको सम्बन्ध टाढिन सक्छ । आफ्नै व्यस्तताका कारण साथीभाइको सहयोग जुटाउन सकिंदैन । लामो समयदेखि काम बन्न नसकेकाले मनमा निराशा र वैराग्यका भावना टुसाउन सक्छन् । यद्यपि सामाजिक दायित्व बढ्नेछ । परिश्रम र मिहिनेतका बलमा प्रशस्त लाभ उठाउन सकिने छ । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुनसक्छ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन छ, जसबाट यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । बिग्रन लागेको काम पनि अन्त्यमा सफल भई छाड्ने छ । मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । आतिथ्य ग्रहण गर्ने, सम्मानित हुने वा मेजमानीको अनुकूलता प्राप्त हुनेछ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । बन्दव्यापारबाट फाइदा हुनेछ । कुनै लाभदायक समाचार सुन्न पाइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्नेछन् । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । साँझतिर व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि प्रयत्न गर्दा चुनौतीहरू पन्छाउँदै केही अवसर हात पार्न सकिने छ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिने छ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । यद्यपि सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने छ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । आस मारेको कामले उत्साह जगाउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –प्रेम र मित्रताको बन्धनमा कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । दाम्पत्य जीवनमा रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिने छ । नयाँ ज्ञान सिक्ने मौका छ । मन प्रसन्न रहनेछ । व्यावसायिक यात्राको सम्भावनासमेत छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –काममा अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ला । शत्रुहरूको चलखेल बढे पनि विजय तपाईंको हातमा छ । विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन । पारिवारिक र दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ । वैदेशिक यात्रा पनि लाभदायक रहनेछ । समय मनोरञ्जनपूर्ण छ । तर जुनसुकै काममा सफलता आर्जन गर्न प्रतिस्पर्धा गर्नुपर्ने समय छ । आर्थिक लगानी गर्नुअघि जान्नेबुझ्ने र अनुभवीको राय लिनु बेस हुनेछ । मित्रबाट सहयोग जुटाउन सकिन्छ, तर रिस र आवेगलाई नियन्त्रण गर्नुपर्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –नयाँ उद्योगधन्दा वा व्यवसायका लागि वातावरण बन्नेछ । सोच र विषयवस्तुप्रति मन केन्द्रित हुनेछ । गोपनीय ढंगले गरिएको कामबाट मनग्ये फाइदा हुनेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –व्यक्तिगत स्वास्थ्यप्रति सचेत हुनु राम्रो हुनेछ । सोचविचार नगरी हुन्छहुन्छ भन्नु हुँदैन, बेसुरमा दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिने छ । परिस्थिति आफ्नो पक्षमा ल्याउन आत्मबल र संयमता गुमाउनु हुँदैन । आफ्ना समस्या प्रष्टसँग राख्नसक्दा सहयोग जुटाउन पनि सकिन्छ । आमाको सहयोगबाट फाइदा मिल्नेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । साँझमा परिवारजनका बीचमा आत्मीय भाव बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –काममा रोकावट र कममात्र फाइदा हुने समय छ । सहयोगीहरूले हात झिक्नाले अप्ठ्यारोमा पर्ने अवस्था आउन सक्छ । आर्जित धन खर्च गर्नु पर्नेछ । पुराना समस्यामा रुमल्लिनु पर्नेछ । योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ने देखिन्छ । ज्ञानगुन र पठनपाठनमा समय दिन सकिंदैन । परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । परिश्रम गरे पनि सफलता पाउन धैर्य गर्नुपर्ने समय छ । आशा गरेअनुरूप सहयोगीहरूले साथ दिनपाउने छैनन् । रोकिएका काममा घोत्लिनु परे पनि पुनः प्रारम्भ गर्ने वातावरण बन्दैन, त्यसैले धैर्य एवं लगनशीलताले मात्र फाइदा पुग्ने दिन छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –धन भावको बलियो चन्द्रमाको प्रभावले विभिन्न अवसरले पछ्याउने समय छ । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिने छ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ । मोजमज्जा र रामरमाइलोमा धन खर्च गर्न मन हौसिने छ । सोचेको काम उचित समयमा सम्पादन गर्न सकिने र साख जोगाउन सकिने छ । व्यवसाय, पेसा र पठनपाठनमा गरेको सानो मिहिनेतले राम्रो प्रतिष्ठा आर्जन गर्न सकिने छ । तपाईंका क्रियाकलापको सर्वत्र चर्चा हुनेछ, नाम, दाम र सम्मान पाउनु हुनेछ । दिदीबहिनी र करकुटुम्बबाट सहानुभूति र सहयोग मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । मनग्ये धन आर्जन होला । विछोडिएका आफन्तसँग भेटघाट हुनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ । बोलीवचनमा सुमधुरताको आगमन हुनेछ । मनमा उत्साह र उमङ्गको कमी हुनेछैन । लेनदेन र व्यापारव्यवसायमा अभिबृद्धि हुनेछ । मानसम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भइने छ । बढी आशावादी बन्नु हुँदैन, तर आफैंले आत्मबल र हिम्मतले काम लिन सकेमा पछि परिने छैन । योजना बनाएर दीर्घकालिक लगानी गरेमा काम बन्ने योग छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।