0 COMMENTS

पथरी / मोरङको पथरीमा सञ्चालनमा रहेको होटल तथा लजमा यौनकर्मी युवतीहरु राखेर यौन व्यावसाय गराउने गरेको खुलेको छ । प्रहरीले यौन व्यावसाय सञ्चालन रहेको होटलका सञ्चालक पक्राउ गरेपछि यो रहस्य खुलेको हो ।

पथरीमा रहेको चाम्लिङ होटल एण्डका लजका सञ्चालकद्धय सुनिता राई र विजय राईलाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ । प्रहरी नायव उपरिक्षक लक्ष्मी अधिकारीको नेतृत्वको टोलीले यौन क्रियकलापमा संलग्न रहेको अवस्थामै दुर्इ जोडीलाई पनि नियन्त्रणमा लिएको छ । आइतवार राती उनीहरुलाई पक्राउ गरिएको र मानव वेचविखन तथा ओसारपसार अन्तरगत मुद्दा चलाइएको प्रहरी नायव उपरिक्षक अधिकारीले जानकारी दिए । यौनजन्य कार्यमा संलग्न रहेका मध्ये १४ बर्षीय बालिकासमेत रहेको प्रहरीले जनाएको छ ।

होटल संचालकद्धय राईले युवतीहरुलाई प्रलोभनमा पारी यौनजन्य कार्यमा संलग्न गराएकाले सञ्चालकद्धयलाई मुद्दा चलाइएको अधिकारीले जानकारी दिए । पथरीका अन्य होटल तथा लजमा पनि यस्तो कार्य गराइदै आएको सुचना आएको र यसका लागी प्रहरीले अप्रसन चलाइने उनले वताए । वेश्यगमनमा लगाउनेलाई १० देखि १५ वर्ष जेल र १ लाख सम्म जरिवाना हुने छ भने वेश्यगमनमा संम्लग्नलाई समेत १ देखी ३ महिना जेल सजाय हुने प्रावधान रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।