बढ्यो सुनको मूल्य

2019-10-03   अर्थ

काठमाडौँ, १६ असोज/ मङ्गलबार केही गिरावट आएको सुनको मूल्य  स्थानीय बजारमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ६०० ले वृद्धि भएको छ ।

छापावाला सुनको मूल्य प्रतितोला रु ६९ हजार ८०० कायम भएको महासङ्घले जनाएको छ । मङ्गलबार छापावाला सुन प्रतितोला रु ६९ हजार २०० मा खरीद बिक्री भएको थियो ।

त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला रु ६९ हजार ५०० निर्धारण भएको छ । मङ्गलबार तेजाबी सुन प्रतितोला रु ६८ हजार ९०० मा कारोवार भएको थियो ।

सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । चाँदी प्रतितोला रु १० ले बढेर रु ८३५ पुगेको महासङ्घले जनाएको छ ।