सुनको मूल्य घट्यो

2019-09-26   अर्थ

काठमाडौंं, असोज ९/सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँ घट्दै प्रतितोला ७१ हजार रुपैयाँमा पुगेको छ । सुन हिजो प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घट्दै प्रतितोला आठ सय ६५ रुपैयाँ कायम भएको छ । चाँदी हिजो प्रतितोला आठ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।