0 COMMENTS

काठमाण्डाै०५असाेज०७६/ केराबारी काठमाडौं फाउण्डेसनको प्रथम बार्षिक साधारणसभा बत्तीसपुतली स्थित बिग फुडल्याण्डमा सम्पन्न भएको छ। फाउण्डेसनले “मिलनको चाहाना , सहयोगको भावना ” भन्ने मुल नाराका साथ सम्पन्न गरेको साधारणसभा केराबारी काठमाडौं फाउण्डेसन संस्थापक अध्यक्ष हेमसागर नेपाल को सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि मोरङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित प्रत्यक्ष तर्फका सांसद माननिय घनश्याम खतिवडा , अन्य अतिथि गणहरुमा केराबारी गाउँ पालिकाको प्रतिनिधित्व गर्दै केराबारी वडा नं. ८ का वडाध्यक्ष मनोज कुमार खड्का , प्रखर पत्रकार अरुण बराल ,मानवअधिकारकर्मी बिदुर सुवेदी , पाटन क्याम्पसका प्रा. लेखनाथ सुवेदी , फाउण्डेसन की प्रमुख सल्लाहकार दिव्यादेवि बस्नेत , फाउण्डेसन कै कानुनी सल्लाहकार तिलक भट्टराई लगायत को आतित्यथा रहेको थियो ।

तारा मिवक लिम्बूको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा संस्था संस्थापक अध्यक्ष हेम सागर नेपालद्धारा बार्षिक प्रतिवेदनको रुपमा निति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्था स्थापना देखि को हाल सम्मको आरोह अवरोह र भावि कार्यक्रमका खाका प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी उपस्थित वक्ताहरुमा केराबारी गाउँपालिका को प्रतिनिधित्व गर्दै केराबारी ८ का वडाध्यक्ष मनोज कुमार खड्काद्धारा संस्था को उत्तर उत्तर प्रगति र केराबारी गाउँ पालिकाको तर्फबाट फाउण्डेसनले गर्ने बिभिन्न सामाजिक कार्यहरुमा सहयोग को प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

त्यसैगरी केराबारीका बिभिन्न भुगोलबाट बिभिन्न पेशा र व्यवसाय मा आबद्ध प्रतिष्ठित व्यक्तित्वहरुमा बरिष्ठ पत्रकार अरुण बराल , मानवअधिकार कर्मी बिदुर सुवेदी र संस्था की प्रमुख सल्लाहकार दिव्या देवि बस्नेत लगायतले फाउण्डेसनको मुल नारा “मिलनको चाहाना , सहयोगको भावना ” भन्ने मुल भावलाई आत्मासात गर्दै अगाडी बढी रहेको मा खुसी व्यक्त गर्दै आगामी दिनमा समग्र केराबारी गाउँपालिका लाई जोड्ने साझा चौतारीको रुपमा संस्था स्थापित हुने धाराणा व्यक्त गर्नु का साथै संस्था को उत्तर उत्तर प्रगति को कामना समेत गर्नु भएको थियो ।

फाउण्डेसन का कानुनी सल्लाहकार का रुपमा रहनु भएका अधिवक्ता तिलक भट्टराईले संस्था लाई पर्ने कानुनी समस्या बिबिध क्षेत्रका बिषयमा जानकारी समेत गराउनु भएको थियो । यसैगरी कार्यक्रम का प्रमुख अतिथिका रुपमा रहनु भएका प्रतिनिधि सभाका सांसद माननिय घनश्याम खतिवडा द्धारा मोरङ क्षेत्र नं. १ मा हाल भई रहेका बिकास निर्माणका गतिविधिहरु को अवगत गराउनका साथ साथै फाउण्डेसन ले गर्ने बिभिन्न सामाजिक दावित्व का कार्यहरुमा आफ्नो तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै संस्था को उत्तर उत्तर प्रगतिको कामना समेत गर्नु भएको थियो ।

सम्पन्न साधारणसभा ले फाउण्डेसनका संस्थापक अध्यक्ष अध्यक्ष : हेमसागर नेपाल  प्रथम उपाध्यक्ष : अशोक कुमार दाहाल  द्धितिय उपाध्यक्ष : लक्ष्मी भण्डारी थापा  महासचिव : तारा मिवक लिम्बू  सचिव : अम्बर सिंह लिम्बू  सचिव : समन सिंह बस्नेत  सह – सचिव : पुर्ण बहादुर लिम्बू  कोषाध्यक्ष : ममिता सापकोटा
सह – कोषाध्यक्ष : गिता थापा  सदस्य : सुमन कुमार श्रेष्ठ  सदस्य : झलक बहादुर भण्डारी  सदस्य : धन कुमार लिम्बू  सदस्य : शिव शक्ति न्यौपाने  सदस्य : सन्ध्या मगर  सदस्य : कमला अधिकारी  सदस्य : अरुण बराल  सदस्य : डिक खड्का  सदस्य : हिमा देवी नेपाल  सदस्य : धन बहादुर भण्डारी  सदस्य : रमेश सुवेदी  सदस्य : लोक बहादुर बिष्ट  सदस्य : संगम बाबु मल्ल गरी २२ जना सदस्य र बाँकी ३ जना पार्टी गाउँ , सिंहदेवि , र भोगटेनी बाट १ – १ जना प्रतिनिधि मनोनयन गरी कार्य समिति लाई पुर्णता दिईने गरि सर्व सम्मत रुपमा कार्य समिति गठन गरिएको छ ।

साथ – साथै पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ जस्मा : प्रमुख सल्लाहकार को रुपमा दिव्या देवी बस्नेत , त्यसै गरी सल्लाहकार : पवन बहादुर महतारा सल्लाहकार : मणि देवान सल्लाहकार : धिरज दाहाल सल्लाहकार : गणेश तामाङ र पछि सल्लाहकार समिति मा थप गर्दै लैजाने गरि सल्लाहकार समिति गठन गरिएको छ। फाउण्डेसन को आर्थिक आयव्यय को बिवरण संस्थापक कोषाध्यक्ष ममता सापकोटा ले राख्नु भएको थियो भने कार्यक्रम को सञ्चालन संस्थापक उपाध्यक्ष अशोक कुमार दाहाल ले गर्नु भएको थियो । कार्यक्रम को अन्त्य मा संस्थापक अध्यक्ष हेम सागर नेपाल  ले संस्था ले आगामी दिनमा बिभिन्न ठोस कार्यक्रमहरु लिएर अगाडी बढ्ने कुराको जानकारी गराउनु भएको थियो सम्पूर्ण केराबारीयनहरु मा दशैं , तिहार , छठ र नेपाल सम्वत लगायत शुभकामना दिंदै कार्यक्रम सम्पन्न भएको जानकारी संस्थाका सचिव समन सिंह बस्नेत ले दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।