0 COMMENTS

वि.सं. २०७६ आश्विन ०५ गते आइतबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर २२ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : सोह्र श्राद्धअन्तर्गत अष्टमी र नवमी श्राद्ध, गोरखकाली पूजा, जितीया पर्व, जीवत्पुत्रिका व्रत, आश्विन कृष्णपक्ष (ञलागा) अष्टमी तिथि, दिउँसो ०२:४० बजेसम्म, त्यसपछि नवमी तिथि, मृगशिरा नक्षत्र, बिहान ०८:११ बजेसम्म, त्यसपछि आर्द्रा नक्षत्र, चन्द्रमा मिथुन राशिमा (अहोरात्र व्याप्त), व्यतिपात योग, साँझ ०५:५६ बजेसम्म, त्यसपछि वरीयान् योग, सुरुमा कौलव करण दिउँसो ०२:४० बजेसम्म, त्यसपछि तैतिल करण मध्यरात्रीपछि ०२:०१ बजेसम्म, अन्तिममा गर करण, आनन्दादि योग : सौम्य, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : ईशान, वारशूल : पश्चिम, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:५१ बजे , सूर्यास्त : साँझ ०६:०० बजे , दिनमान : ३० घडी २१ पला (१२ घण्टा ०९ मिनेट , रात्रीमान : २९ घडी ३९ पला (११ घण्टा ५१ मिनेट)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तेस्रो घरमा चन्द्रमा छ, पराक्रम र उत्साहमा कमी आउने छैन । तर पनि चन्द्रमा उपर अशुभ ग्रहको प्रभाव परेकाले मानप्रतिष्ठा र सामाजिक मर्यादा स्थापनाका लागि सङ्घर्ष गर्नु पर्नेछ । विगतमा भएका नराम्रा घटनाको स्मरण हुनेछ, दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति मन आकर्षित बन्नेछ । तर हाँसखेल र आनन्दमा कमी आउनेछ । उद्योगधन्दा र बन्दव्यापारमा सफलता नै मिल्नेछ तर आम्दानीको मार्गमा केही कमी आउने छ । सहयोगीहरूको साथ पाए पनि गर्न खोजेको काममा सफलता प्राप्त गर्न धौधौ पर्नेछ । कृषिकर्म र बन्दव्यापारबाट सामान्य आम्दानी भइरहने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मिठो खाने र राम्रो लगाउने अनुकूलता आएको छ । आर्थिक पक्ष सबल छ, राम्रै धनागमको सङ्केत छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ, त्यस्तै बन्दव्यापारमा समेत प्रशस्त फाइदा हुने देखिन्छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । हाँके/ताकेका क्रियाकलापमा सफलता मिल्ने दिन छ । भौतिक साधनको जोहो गर्ने र मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । बोलीका भरमा काम फत्ते गर्न सकिन्छ । परिश्रम गरेबमोजिम कामको समुचित मूल्याङ्कन हुने समय छ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा प्रगति हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ तर पनि आज नयाँ योजना कार्यान्वयन गर्ने दिन हो । शरीरमा उत्साह, उमङ्ग र स्फूर्ति प्राप्त हुनेछ । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न आजको दिन अनुकूल छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । बन्दव्यापारका अन्य क्षेत्रमा समेत लाभ मिल्नेछ । हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बाह्रौं चन्द्रमा रहेकाले प्रतिकूल समय चल्दैछ । धैर्यले काम लिने समय छ । आर्थिक लगानी गर्नु भर पर्दो देखिन्न । सामान हराउने वा धननाशको सम्भावना छ । भने जस्तो काम सम्पन्न हुन कठिन छ । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । सामान्य कुरालाई पनि बढी गम्भीरतापूर्वक लिने बानीले आफैलाई दुःख होला । मानसिक एवं बौद्धिक क्षमतामा कमी आउने छ । नजिकैको आफन्त वा नातेदारले पनि आफ्ना कुरा नबुझिदिनाले दुःख लाग्नेछ । खर्चको मात्रा ह्वात्तै बढ्नसक्छ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम सम्बन्ध बिग्रन सक्छ । यात्राबाट फाइदा छैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कर्मसिद्धिको समय आएको छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । श्रमको उचित मूल्याङ्कन होला । समय उत्साहवद्र्धक रहला । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) नोकरी वा व्यवसायका क्षेत्रमा देखापर्ने समस्यामा केन्द्रित हुनाले दिन बितेको पत्तो पाइँदैन । भूमि, वाहन र पैत्रिक सम्पत्तिको कारोबार गर्दा ढिलो गरी लाभ मिल्ने सम्भावना छ । बन्दव्यापारमा समय नदिनाले हानि हुनसक्छ, सचेत हुनुहोला । मातापिता र अभिभावकवर्गका समस्यामा रुमल्लिने दिन छ । प्रतिष्ठा गुम्ने काममा आकर्षण बढ्ने सम्भावना छ । शत्रुको चलखेल बढ्नसक्छ । आफूले सक्दो मिहिनेत गरे पनि त्यसको प्रतिफल र सम्मान अर्कैले भोग गर्ने सम्भावना छ । ठूलाबडा र अभिभावकहरूका साथमा सम्बन्ध चिसिन सक्छ । अभिभावक खासगरी पिताको स्वास्थ्यप्रति सचेत रहनुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समुदायको हितमा राम्रै काम गर्न सकिने छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिनेछन् । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रतिष्ठित काम गरेर आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसरले पछ्याउनेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शरीरमा आलस्य, भ्रम र रिसरागले डेरा जमाउने दिन छ । अष्टम चन्द्रमा भएकाले मेसिन, कलपुर्जा, सवारी साधन र हतियार चलाउँदा होस् राख्नु राम्रो हुन्छ । घाउखटिरा र चोटपटकलगायत स्वास्थ्यमा समस्या देखिन सक्छ । बेकारको विवादमा फँस्न सकिन्छ, व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, बोलीमा नियन्त्रण गरेको राम्रो हुन्छ । कुनै पनि नयाँ काम थालनी गर्दा शुभफल पाउन सकिंदैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने दिन हो । व्यापारीहरूले हानी व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । सामाजिक र परोपकारका मार्गमा जस पाइँदैन, यद्यपि संलग्न हुनु राम्रो हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आज भावनाप्रधान दिन हो । प्रणयसम्बन्ध र रतिरागका लागि समय निकाल्न सकिने छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । घरपरिवारमा हर्षको वातावरण हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुनसक्छ । घुमघाम, भ्रमण र पर्यटनको अनुकूलता मिल्नेछ । रमाइलो र रमझममा समय व्यतीत हुने समय छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । व्यावसायिक यात्राको सम्भावना पनि छ । नयाँ ज्ञान सिक्ने मौका छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ साथी वा साझेदार बनाउन पाइने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) तर्क, बहस र वादविवादमा संलग्न हुने समय चल्दैछ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ ।विशेष ठाउँमा तपाईंको निर्णयको कदर हुनेछ । कुनै कुरामा विचलित नभई लक्ष्यप्राप्ति तर्फ उन्मुख हुनु राम्रो हुन्छ । आफन्त, मित्रवर्ग, सहयोगीहरू तपाईंको साथमा हुनेछन् । स्वास्थ्यस्थितिमा देखिएका समस्या समाधान हुनेछन् । साथीभाइले सकेको मद्दत गर्नेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) विचारको कदर हुनेछ । ताकेका काम बन्नेछन् । सृजनात्मक सफलता मिल्नेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । प्राज्ञिक, बौद्धिक र दार्शनिक गतिविधिमा सफलता प्राप्त हुने योग छ । सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । साथीभाइ र बन्धुबान्धवले आवश्यक सहयोग गर्नेछन् । खानपान र मनोरञ्जनका लागि राम्रै दिन छ । बन्दव्यापार र पेसागत जीवनमा समेत राम्रो छ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । कल्पना, भावना र प्रेममय वातावरणको सिर्जना हुनेछ । पारिवारिक जीवनमा सुमधुरता प्राप्ति हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आज महत्वाकाङ्क्षी योजनामा हात हाल्नु राम्रो हुँदैन । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने र छरछिमेकमा असमझदारी बढ्ने सम्भावना छ । परिवारजनमा समेत असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ । कृषि–चौपायाबाट हानि पुग्नसक्छ, बन्दव्यापारमा घाटा देखिन्छ । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । बन्दव्यापारमा सोचेजस्तो लाभ प्राप्त हुन गाह्रो छ । रोमान्स र प्रेमप्रसङ्गमा नरमाइलोपन आउने छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।