0 COMMENTS

काठमाडौं ३० भदौ । तरकारी स्वदिलो बनाउन प्रयोग गरिने प्याजको भाउ पाँच महिनाको बीचमा २१२ प्रतिशतसम्म महँगो भएको छ । यस पटक प्याज भारतमै महँगो भएकाले नेपाल ल्याई पुर्रयाउँदा झन् महँगो भएको हो ।

पाँच महिना पहिले वैशाखमा प्रतिकेजी २५ रुपियाँ थोक मूल्यमा किनबेच भइरहेको प्याज अहिले बढेर ७८ रुपियाँ थोकमै कारोबार भएको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्था समितिका अनुसार गएको वैशाखमा प्रतिकेजी २५ रुपियाँमा थोकमा कारोबार भएको प्याज पाँच महिनाको बीचमा बढेर ७८ देखि ८० रुपियाँ थोकमा किनबेच भइरहेको छ ।

कालीमाटी बजारमै खुद्रा प्याजको प्रतिकेजी ९६ रुपियाँमा किनबेच भइरहेको छ । जबकि पाँच महिना अगाडि सोही बजारमा ४० रुपियाँ खुद्रा मूल्यमा प्याजको किनबेच भएको थियो । यो समाचार अजाको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।