0 COMMENTS

काठमाडौं३०भदाै । सुनको भाउ विस्तारै घट्न थालेको छ । शुक्रबारको तुलनामा सुन आइतबार तोलाको ४ सय रुपैयाँ सस्तो भएको छ ।छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेर आइतबार प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ७३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ । तेजाबी सुनको मूल्य पनि ४ सय रुपैयाँले नै घटेको हो । यता, चाँदीको मूल्य भने ३० रुपैयाँले घटेर प्रतितोला ८४० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।