गोलढुंगामा गो*ली चल्यो, गुण्डागर्दीमा संलग्न गुरुङ पक्राउ

2019-09-13   अपराध

२७ भदौ, काठमाडौं । काठमाडौंको गोलढुंगा, फुलबारीमा गोली चलेको छ ।गुण्डागर्दीमा संलग्न भएको आरोपमा खोजी सूचीमा रहेका साजन गुरुङ उर्फ नजोकलाई पक्राउ गर्ने क्रममा गोली चलेको हो ।

विशेष सूचनाको आधारमा पुगेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीसँग जम्काभेट भएपछि प्रहरीले दुई राउण्ड गोली फायर गरेको स्रोतले अनलाइनखबरलाई बतायो ।