पूर्व सांसदले सार्वजनिक यातायातमा यौन दुर्व्यवहार गरेकाे भन्दै  पक्राउ

2019-09-10   अपराध

काठमाडौं । पूर्व सांसद योगेन्द्र घिसिङ पक्राउ परेका छन्। सार्वजनिक यातायातमा महिला माथि यौन दुर्व्यवहार गरेको अभियोगमा घिसिङ पक्राउ परेको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी दुर्गा सिंले बताइन्। उनलाई प्रहरीले एकान्तकुनाबाट नियन्त्रणमा लिएको थियो।

उनका अनुसार कलेज पढ्ने एक विद्यार्थीलाई सार्वजनिक यातायातभित्र यौन दुव्र्यवहार गरेको र अदालतबाट अभद्र व्यवहारमा सात दिनको समय लिएर अनुसन्धान शुरु गरिएको एसपी दुर्गा सिंहले जानकारी दिएकी छिन्। ,समाचार नागरिक दैनिकले लेखेको छ ।

रत्नपार्क भैसेपाटी रुटमा चल्ने सार्वजनिक यातायातमा उनले एक किशोरीलाई अभद्र व्यवहार गरेका थिए। उनी तत्कालिन माओवादीबाट समानुपातिक सांसद बनेका थिए।