झापामा ब*म बिस्फोट

2019-09-09   समाचार

झापा । झापाको गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीमा बम बिस्फोट भएको छ ।गएराति गाडीमा बम बिस्फोट भएको हो । राति साढे १२ बजेतिर गाडीलाई लक्षित गरी बम प्रहार हुँदा गाडी पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । बम बिस्फोटनबाट मानवीय क्षति वा चोटपटक भने लागेको छैन ।

बिस्फोटको जिम्मा कसैले पनि लिएका छैनन् । तर यस किसिमका घटनामा विगतमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गराउने गरेकाले यसमा पनि सोही समूहको संलग्नता रहेको प्रहरीको अनुमान छ ।