0 COMMENTS

काठमाडौं २० भदौ २०७६। नेपाल राष्ट्र बैंकले एटीएम ठगी प्रकरणपछि दैनिक रुपमा झिक्न मिल्ने रकमको सिमा घटाएको छ। गत साता एटीएम मार्फत् करीव साढे ३ करोड रुपैयाँ ठगी भएपछि दैनिक झिक्न मिल्ने एक लाख रुपैयाँको सिमा ६० हजार रुपैयाँमा सिमित गरिएको हो।

शनिवार ह्याकरले एटीएममार्फत् ठूलो रकम चोरी गरेपछि केन्द्रीय बैंकले उक्त ठगी प्रकरण अध्ययनका लागि समिति गठन गरेको थियो ।

सो समितिले सोमबार एटीएमबाट झिक्न मिल्ने रकमको सिमा घटाउन सुझाव दिएपछि राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गरी डेविट कार्ड र क्रेडिट कार्डबाट झिक्न सकिने रकमको सिमा घटाएको हो।

बिहीबार केन्द्रीय बैंकले निर्देशन जारी गर्दै डेविट कार्डबाट न्यूनतम प्रति कारोबार ५ सय रुपैयाँ देखि २० हजार रुपैयाँसम्म नगद झिक्न सकिने व्यवस्था गरेको छ । तर, एक दिनमा अधिकतम ६० हजार रुपैयाँ भन्दाधेरै झिक्न नपाइने व्यवस्था गरेको छ। यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।