0 COMMENTS

काठमाडौं, भदौँ २

मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपासमा रहेको जनाएको छ । भारतको उत्तरप्रदेश तथा हरियाना आसपासमा न्यून चापीय प्रणाली अवस्थित रहेको र यो कमजोर बन्दै गईरहेको महाशाखाको भनाइ छ ।

आगामी २४ घण्टाको मौसमसम्बन्धी विवरण सार्वजनिक गर्दै महाशाखाले देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहितको वर्षा हुने सम्भावना रहेको जनाएको छ । मेघ गर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।

देशको पश्चिम तथा मध्य भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसका कारण चुरेबाट बहने खोलाहरुको बहावमा आकस्मिक रुपमा वृद्धि हुन सक्ने र सडक यातायातमा पहिरो तथा भू–क्षयका कारण अवरोध आउन सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

हाल देशभर वदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । सोमबार दिउँसो देशका धेरैजसो स्थानमा वदली रही पश्चिम, मध्य र पूर्वका केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने तथा पश्चिम तथा मध्य भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार राति अधिकांस स्थानमा वदली रही केही स्थानहरुमा वर्षा हुने तथा मध्य र पश्चिमी भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।