0 COMMENTS

प्रतिभा भट्टराइ,काठमाण्डाै/  तारकेश्वर नगरपालिका वडा नं ४ स्थित गठितमहिला समुह अन्तर्गत पुरानो गुहेश्वरी टोल काे मिलिजुली महिला बचत समुह ले महिला मूल समुह की अध्यक्ष राधिका महर्जन काे प्रमुख आतिथ्य र पवित्रा खतिवडा को सभाध्यक्ष मा आफ्नो समूहको दसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

२०६६ साल जेठ १० गते टोलका धेरैजसो महिलाहरुको सामूहिक छलफल र सहमतिका आधारमा, आफ्नो टोलका महिला दिदी बहिनि हरु लाई परेका समस्या हरु हल गर्ने, अन्तर्निहित क्षमताको विकास गर्ने तथा आत्मीयता बढाउने उद्देश्यले स्थापना गरिएको यो समुहले आफ्नो वार्षिक आय व्य काे विवरण आफ्ना समुहका दिदि बहिनी हरुलाई जानकारी गराउँदै , महिला दिदी बहिनि हरु बाटआएका जिज्ञासा हरुको पनि समाधान गरेको थियो साथै उक्त कार्यक्रममा समुह भित्रका महिला हरूले आफ्ना प्रतिभा पनि प्रस्तुत गरेका थिए भने नजिकै रहेको “इच्छा नेपाल”नामक संस्था का अतिथि अपाङ्ग महिला हरुले महिला हुनु र त्यसमा पनि अपाङ्गता हुनुका पीडा लाई गीत मार्फत पोखेका थिए।

मासिक बचत का बेला पितृ हरुका नाममा संकलित रकम लाई वरपर रहेका सामाजिक संस्था हरुमा सहयोग गर्ने गर्दै आएको यो मिलिजुली महिला बचत समुहले बिहानको समयमा योग साधना केन्द्रको सञ्चालन गर्नुको साथै विशेष दिवस हरुमा (नारी दिवस, वाल दिवस, योग दिवस) कार्यक्रम आयोजना गरी महिला हरुका अन्तर्निहित क्षमताको विकास गर्ने बढदै गएको बस्ती विकास सँगै विभिन्न क्षेत्र बाट आएका महिला हरु बीच परिचय गराउने आत्मीयता बढाउने लगायत सकारात्मक वा नयाँ अनि वैकल्पिक सोचका साथ अघि बढ्न प्रेरणा दिने जस्ता कार्यहरू गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।