0 COMMENTS

वि.सं. २०७६ श्रावण ३२ गते शनिबार तदनुसार ई. सं. २०१९ अगस्ट १७ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : श्रावण महिनाको अन्तिम दिन, श्रावण मसान्त, रोपाइँ जात्रा, दथुसाया यलमतया, बैतडी गुजरमा बनारसी साउने मेला समाप्त, त्रिपुष्कर योग दिउँसो १२ बजेर ५९ मिनेटदेखि बेलुका ०८ बजेर २१ मिनेटसम्म, भाद्रपद कृष्णपक्ष (गुँलागा) द्वितीया तिथि, बेलुका ०८:२१ बजेसम्म, त्यसपछि तृतीया तिथि, शतभिषा नक्षत्र, दिउँसो १२:५९ बजेसम्म, त्यसपछि पूर्वाभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त), अतिगण्ड योग, दिउँसो ०२:०५ बजेसम्म, त्यसपछि सुकर्मा योग, सुरुमा तैतिल करण बिहान ०७:१९ बजेसम्म, त्यसपछि गर करण बेलुका ०८:२१ बजेसम्म, अन्तिममा वणिज करण, आनन्दादि योग : आनन्द, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : उत्तर, वारशूल : पूर्व, नक्षत्रशूल : दक्षिण, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:३४ बजे, सूर्यास्त : साँझ ०६:४० बजे, दिनमान : ३२ घडी ४३ पला (१३ घण्टा ०५ मिनेट, रात्रीमान : २७ घडी १७ पला (१० घण्टा ५५ मिनेट)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
साझेदारीमा फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । आर्जन गरिएको रकम सदुपयोग गरिने छ वा सञ्चय हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा राम्रो फाइदा छ, अहिलेको लगानीले दीर्घकालमा फाइदा पुग्नेछ । ज्ञान र बुद्धिको क्षेत्रका सफल भइने छ । हाकिम, गुरुवर्ग वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । दूरगामी भविष्यप्रति लक्षित लगानी गरेमा पछि राम्रो फाइदा आर्जन गर्न सकिने छ । श्रमको समुचित मूल्याङ्कन हुनेछ । घरायसी सम्बन्ध सुदृढ बन्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
भाग्यमा चन्द्रमा रहेकाले अभिभावकको आशीर्वादले काम गर्न सक्छ । पेसागत वा व्यवसायिक लाभदायी यात्राका लागि अनुकूल समय छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । साथीभाइसित भेटघाट हुने र आकस्मिक लाभ मिल्ने दिन छ । भाग्य चम्किने समय छ । सामूहिक नेतृत्व सम्हाल्ने मौका मिल्नेछ । बन्दव्यापारमा लाभ मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुनेछ । घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
परिवारजनको आत्मीयतामा कमी आउने छ । आठौं चन्द्रमाको प्रभावले लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, सजग रहनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । अध्ययनमा समय दिन नसकिएला । मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । पहिलेका समस्या दोहोरिन सक्छन् । फाइदाका लागि योजना गोप्य राख्नुहोला । सवारीसाधन हाँक्दा सचेत हुनुपर्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । घरायसी प्रयोजनका सुखसुविधाका सामाग्रीको किनमेल गरिने छ । नयाँ ज्ञान सिक्ने अनुकूलता मिल्नेछ । परिवारका सदस्यहरूसँग आत्मीयभावमा बृद्धि हुनेछ । प्रेमसम्बन्ध सुदृढ बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
चोरी वा ठगीमा परिने समय छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । आफ्नैबाट धोका हुनसक्छ । तर मिहिनेत गर्दा मौकाको फाइदा उठाउन सकिने छ । व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ । यात्राको व्यवस्थापनमा खर्च हुनेछ । द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीका साथ जुट्नुपर्नेछ । व्यवसायमा फाइदा उठे पनि तत्काल खर्च गर्नुपर्ने स्थिति आउन सक्छ । शत्रुको चलखेल र रोगको प्रकोप सुरु हुनसक्छ । झैझगडा र मुद्दा–मामिलाबाट जोगिनु राम्रो हुन्छ । हतार र आवेशमा आएर काम गर्नु हुँदैन । सरकारी कडिकडाउको सिकार भइनेछ । थिचोमिचो गर्नेहरूले पनि सताउनेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सुखद समाचारले अझ उत्साह बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । ज्ञान र बुद्धिको उपयोग हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । सन्तति, भाइबहिनी र परिवारका सदस्यसँग आत्मीय सम्बन्ध कायम हुनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुनसक्छ, क्रियाशील रहनुहोला । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । दिन उत्साहपूर्ण रहला । स्वास्थ्य सबल रहनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
हतारको निर्णयले काम बिग्रन सक्छ, सजग रहनुहोला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । मान्यजनको सुझाव शिरोधार्य गर्दा बिग्रेको काम बन्न सक्छ । परिवारजनमा आत्मीयता बढ्ने छ र मन हलुको हुनेछ । मातृधनको उपयोगबाट सामान्य लाभ उठाउन सकिने छ । पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि–चौपायाबाट लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । स्थायी सम्पत्ति जोड्ने समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । आर्जित धन तत्काल खर्च गर्नुपर्ला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा असमझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ । तर पराक्रम भावको चन्द्रमा भएकाले आफ्नै प्रयासले गरेका काममा भने लाभ मिल्नेछ । काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ । त्यसैले धैर्य र संयम भई अघि बढ्नु श्रेयस्कर हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मान–सम्मान बढ्नेछ भने बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । लगनशीलता देखाएमा राम्रो उपलब्धी हासिल हुनेछ । काम र पठन–पाठनमा रुचि जाग्नेछ । सामुदायिक भावनाको विकास हुने छ । करकुटुम्ब तथा नातागोताको काममा सहयोग गरिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
राशिमा चन्द्रमा छ, हाँकेको ताकेको काममा सफल भइने छ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीको ढाकछोप गरी अघि बढ्ने अवसर प्राप्त हुनेछ । लाभमूलक कामको आश्वासन पाइनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सोचेको काम बनाउन समय र धन दुबै पक्षमा अनावश्यक खर्च बढ्न सक्छ । व्यवसायमा थप लगानी बढाउन उपयुक्त समय छैन । लामो दूरीको यात्रा र वैदेशिक कामकाजमा पनि भनेजस्तो फाइदा लिन सकिंदैन, धेरै टाढा जानु हुँदैन, झमेला आउन सक्छ । मन आलस्य, डर र चिन्ताले जरो गाड्ने छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । पतिपतगबिीचको सम्बन्धमा तितोपन देखिने छ । आर्थिक सङ्कटले सताउन सक्छ । बन्दव्यापारमा मन्दी छाउने छ । समय र नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् । दण्ड वा जरिवानामा परिने सम्भावना छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।