0 COMMENTS

बासुदेव सेढाइ,लमजुङ/ पछिल्लो समय प्रतेक ब्यक्तिले अाफ्नाे जन्मदिन संझना गर्न थालेका छन् बच्चा देखि बृद्धा सम्मले विभिन्न कार्य गरेर जन्मदिन मनाउदै जाँदा नेपालमा पश्चिमा संकृति हावि हुदै गएको भनेर चिन्ता गरिरहदा त्यसलाई परास्त गरि नेपाली माैलिक पनमा जन्मदिन मनाउने क्रम बढेको छ ।

अाफ्नाे जन्मदिनमा काेहि अनाथालयमा काेहि बृद्धअाश्रममा गएर सहयोग गर्ने गरेको पनि देखिन्छ तर लमजुङको बेसीशहर नगरपालिका वडा नं – ७ का वडा अध्यक्ष जुझारु युवा समाजसेवी राजनीतिक ब्यक्तित्व गाेबिन्द बस्नेत ज्यु ले भने अाफ्नाे जन्मदिनको अवसरमा बेसीशहर – ६ मकैडाडामा चाैताराेमा वर पिपलकाे बृक्षराेपण गरेर अत्यन्तै माहान उत्कृष्ट उदाहरणीय रचनात्मक सकारात्मक र सन्देशमुलक काम गर्नुभएको छ । सयौं मान्छे हरुले थकान मेटाउने वरपिपलकाे सितल र चिसाे हावा दिने चाैताराे लगाउनु अत्यन्तै उत्कृष्ट काम भएको स्थानीय बताउँछन् ।

पुर्खा हरुले लगाएकाे चाैतारि संरक्षणकाे अभाव झेलिरहेका अवस्थामा वडा अध्यक्षले चाैताराे निर्माणमा देखाएको सक्रियताले राम्रो सन्देश दिएको छ । युवा ब्यावशाहि समेत रहेका बस्नेत अाफ्नाे व्यावसामा संलग्न कर्मचारीका साथ अाफ्नाे जन्मदिनमा चाैताराे बनाउन जुट्नुभएको हाे । लमजुङ बाट सुरुभएकाे जन्मदिनमा बृक्षराेपण अभियान लाई साथ दिन , नेपाली माैलिकताकाे संरक्षण गर्न , पुर्खाहरुले गरेका राम्रो कामलाई निरन्तरता दिन र वातावरण संरक्षण गर्न अाफुले जन्मदिनमा चाैतारि लगाएको वडा अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । बरपिपल बृक्षराेपण कार्यक्रममा वडा नं – ६ का वडा अध्यक्ष भाेज बहादुर रिमाल लगाएतका स्थानीय बुद्धिजीवी र समाजसेवी हरुकाे उपस्थिति थियोे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।