0 COMMENTS

नवलपरासी । ट्रकले ठक्कर दिँदा पूर्व-पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको अरुणखोलामा रहेको पुल चर्किएको छ । पुलको पूर्वतर्फको भागमा ट्रकले ठक्कर दिँदा केही भाग चर्किएको र पुल चर्किएपछि ठुला सवारीसाधन सञ्चालनमा आउन नसकेका प्रहरीले जनाएको छ ।

बुधबार बिहान ४ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रकले पुलको एकातर्फको भागमा ठक्कर दिँएको हो । जसका कारण पुलमा क्षति पुगेको हो ।

पूर्व(पश्चिम राजमार्ग भएर गुड्ने सवारीसाधन संचालनमा ल्याउन प्रहरीले रोक लगाएको र साना हलुका सवारीसाधनलाई मात्रै चल्न दिइएको प्रहरीले जनाएको छ । पुल चर्किएपछि छ । साना र हलुका सवारीलाई भने पालैपालो दुवैतर्फ संचालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।