0 COMMENTS

वि.सं. २०७६ श्रावण ०५ गते आइतबार तदनुसार ई. सं. २०१९ जुलाई २१ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आज कुनै विशिष्ट चाडपर्व र उत्सव छैन र कुनै मुहूर्त पनि जुरेको देखिंदैन । श्रावण कृष्णपक्ष (दिल्लागा) चतुर्थी तिथि, बिहान ०८:४६ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, शतभिषा नक्षत्र, बिहान ०५:४८ बजेसम्म, त्यसपछि पूर्वाभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा, मध्यरात्रीपछि ०१:४५ बजेसम्म, त्यसपछि मीन राशिमा, सौभाग्य योग, बिहान ०५:४३ बजेसम्म, त्यसपछि शोभन योग, सुरुमा बालब करण बिहान ०८:४६ बजेसम्म, त्यसपछि कौलव करण बेलुका ०९:४५ बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : राक्षस, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : नैऋत्य, वारशूल : पश्चिम, नक्षत्रशूल : दक्षिण, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:२१ बजे, सूर्यास्त : साँझ ०६:५८ बजे, दिनमान : ३४ घडी ०१ पला (१३ घण्टा ३६ मिनेट, रात्रीमान : २५ घडी ५९ पला (१० घण्टा २४ मिनेट)

आजका लागि अशुभ समय :–
राहु काल : दिउँसो ०५:१६ देखि ०६:५८ सम्म, यमघण्ट : दिउँसो १२:१० देखि ०१:५२ सम्म, गुलिक काल : दिउँसो ०३:३४ देखि ०५:१६ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : दिउँसो ०१:५२ देखि ०३:३४ सम्म, अमृत वारवेला : बिहान १०:२८ देखि १२:१० सम्म, लाभ वारवेला : बिहान ०८:४५ देखि १०:२८ सम्म, आज पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा महिलाको नेतृत्वमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पान वा घिउ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
राज्यस्थानमा चन्द्रमा भएकाले आज पर्याप्त लाभ लिन सकिने दिन हो । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । परोपकारी काममा रुचि बढ्ने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । अरुबाट तपार्इंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । गृहिणीहरूले धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्नेछ भने छात्रछात्राले गुरुजन र मान्यजनको सहयोगमा कुनै नयाँ विषयको ज्ञान प्राप्त गर्ने समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पितृधनबाट फाइदा उठाउन सकिने छ । प्रशस्त आम्दानी हुने सङ्केत छ, तर आम्दानी गरिएको धन सञ्चय गर्न सकिंदैन । गृहस्थीले पारिवारिक बाध्यतामा र युवायुवतीले मनोरञ्जनात्मक क्षेत्रमा खर्च गर्नसक्छन् । विगतमा गरिएको श्रमको समुचित मूल्याङ्कन हुनेछ । स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । जागिरको खोजीमा हुनुहुन्छ भने नवीन रोजगारीको सम्भावना छ । छात्रछात्राले प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त गर्नेछन् । कर्मक्षेत्रमा चन्द्रमा रहेकाले आज सबैले धैर्य र संयम भई परिश्रम गर्ने समय हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
भाग्यभावमा चन्द्रमा रहेकाले अवसर त प्रशस्त मिल्ने देखिन्छ, तर जान्नेबुझ्ने वा ठूलाबडाको सहयोग लिन सकेमा मात्र महत्त्वपूर्ण काम बन्ने सम्भावना छ । दूरदराजमा रहेको कुनै पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । घरपरिवारका काममा आजको केही समय बित्नसक्छ, बौद्धिक र प्राज्ञिक क्षमताको उपयोग हुन सक्दैन । किशोरकिशोरी र युवावयका व्यक्तिहरूमा आफूलाई बेवास्ता गर्नेहरूको क्रियाकलाप देखेर विरक्तिको भाव बहन सक्छ, तर ध्यान र योगको सहारा लिएमा मन शान्त र प्रसन्न बन्नेछ । गृहिणीहरूका लागि आज दान पुण्यका कार्यतर्फ मन जाने समय छ । आज सबैले परोपकारी काममा दिलचस्पी दिनु राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । घरायसी वातावरण, दाम्पत्य र प्रणयसम्बन्धमा आज असहजता आउनसक्छ । कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । गर्नु नपर्ने कामबाट जोगिनु राम्रो हुन्छ, कुनै महत्वपूर्ण काम गर्न बाँकी भए आजलाई स्थगित गर्नु होला । बोलीमा संयमता अपनाउनु होला, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । आठौं भावमा चन्द्रमा रहेकाले बाटो काट्दा र सवारी चलाउँदा होस राख्नुपर्ने दिन छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ । परिवारमा रमाइलो वातावरण सिर्जना हुनेछ, साथीभाइ र आत्मीयजनसँग भेटघाट हुनेछ । मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । साथीभाइबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । पेसाव्यवसाय वा बन्दव्यापारबाट लाभ मिल्नेछ । स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेम प्रसङ्ग र मनोरञ्जनका लागि अनुकूल समय छ । साझेदारी र सहकार्यमा गरेको हरेक क्रियाकलापबाट फाइदा हुनेछ । अलि मिहिनेत गर्नुपर्छ, जतिबेला पनि मन भावनामा डुब्ने समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ । व्यवसायिक स्थितिमा सुधार आउने छ । स्वास्थ्य सबल रहने छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । सरकारी कामबाट फाइदा हुनेछ । खुट्टा तान्ने र कुरा काट्नेहरू आफैं चुप लाग्नेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मुखमा सरस्वतीको बास छ, त्यसैले आज ज्ञान र सिप बाँडेर जस लिने समय हो । खासगरी छात्रछात्राहरूका लागि शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, अरु सबैले पनि साहित्यिक, बौद्धिक तथा प्राज्ञिक गतिविधिमा संलग्न हुने समय छ । मित्रवर्ग र आफन्तबाट उपयोगी र आवश्यक सहयोग प्राप्त हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । बन्दव्यापार र व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । गृहस्थीजन छोराछोरीका माध्यमबाट खुसी हुने समय छ, दाम्पत्य जीवन सुखमय रहने छ । किशोरकिशोरीको भावनामा मन रुमल्लिने समय छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
चन्द्रमा अशुभ छ, तर डराई हाल्नुपर्दैन । भाग्यस्थानमा राशिस्वामी रहेकाले मान्यजन, हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँगको छलफलबाट लाभ हुने सम्भावना छ । घरायसी वातावरणमा सुधार आउने छ । मनमा उत्साह र हौसला प्राप्त हुनेछ । मानसिक रूपमा सबल भइने छ । मित्रवर्ग, साथीभाइ र सहयोगीहरूले भरपूर सहयोग गर्नेछन् । आज आफ्ना लक्ष्य र योजनाका बारेमा खुलेर छलफल गरेमा सही मार्गदर्शन हुनसक्छ । तर्कवितर्क, झैझगडा र विवादका विषयमा अघि नबढेको राम्रो हुन्छ । प्रेमसम्बन्ध र दाम्पत्यसुखको राम्रो योग छ । स्वास्थ्यस्थितिमा सुधार आउने छ । छात्रछात्राले नयाँ र रचनात्मक काम सुरु गर्ने समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दाजुभाइ र बन्धुवान्धवका क्रियाकलापले हर्षित बनाउने छ । सामाजिक क्रियाकलापमा आजको समय व्यतीत हुनेछ, मनमा आध्यात्मिक र दार्शनिक भावना जागृत हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । भोज, पार्टी वा मिठो भोजनका लागि अवसर प्राप्त हुने सम्भावना पनि छ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयास सार्थक हुनेछ । छात्रछात्राले पराक्रम प्रदर्शन गर्ने दिन हो । गृहिणीहरूले माइतीपक्षबाट शुभ समाचार पाउने छन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
भाँडाकुँडा, घरायसी बन्दोबस्तका सामान र सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । बोलीमा पूर्ण प्रभाव छ, तर्कवितर्क र बहसमा विजय प्राप्त हुनेछ । धार्मिक/सामाजिक कामको दायित्व थपिन सक्छ । मिष्ठान्न भोजन मिल्नेछ । आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । साथीभाइ र कुटुम्बले सहयोग गर्नेछन् अथवा आफैंले चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनुपर्नेछ । बन्दव्यापार राम्रो छ, आज साँझसम्म कुनै लाभमूलक काम बन्ने योग छ, अथवा कतैबाट अचानक धनलाभ हुनसक्छ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । जोस र जाँगर पलाउने छ, मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने अनुकूल समय आएको छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । हाँके/ताकेका काममा सफलता मिल्नेछ । छात्रछात्राले पठनपाठनमा रुचि देखाउने छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बाह्रौं चन्द्रमा रहेकाले मनमा उदासीनता आउने छ । खर्चभावमा चन्द्रमा रहेकाले अहिले दीर्घकालीन लगानी गर्नु उपयुक्त देखिंदैन । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, रकमको कारोबार र लेनदेनमा विवाद आउन सक्छ । जुवातास र सट्टाबाजीबाट जोगिनु राम्रो हुन्छ । विश्वास गरेका व्यक्तिबाट नै धोका हुने सम्भावना छ । बन्दव्यापार तथा पेसाव्यवसायमा ध्यानकेन्द्रित हुन सक्दैन र पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ । नचाहेको जिम्मेबारी आइलाग्न सक्छ, मनमा उत्साह देखिंदैन । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्ता बढ्ने छ । धेरै टाढा जानु हुँदैन, लामो दूरीको यात्रामा झमेला आउने छ वा खर्चको मात्रा बढ्न सक्छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।