0 COMMENTS
रूबिन राइ

रूबिन राइ,  प्रत्येक वर्ष यसरीनै बाढी पहिरोले नेपालको भौतिक संरचना र मानवीयतामा क्षति भइरहयो भने नेपालको आर्थिक अर्थतन्त्र कसरी अगाडि बढन सक्छ। प्रत्येक वर्ष देशले खर्बौ,खर्बको घाटा बेहोर्नु पर्छ तर सरकारलाई यश विषयमा अलिकति पनि ध्यानै छैन ।

मैले सोचेको थिए अब नयाँ संविधानमा बहुमत सरकार अर्थात कम्युनिस्ट सरकारले देशलाई शान्ति प्रक्रिया बाट अगाडि बढाउनुको साथै देशको जीर्ण भौतिक संरचना हरुलाई तीव्र गतिमा अगाडि बढाएर देशको विकास गर्नेछ तर सोचे जस्तो भएन म एउटा युवा हुँ म अहिले कुनै पनि पाटी वा संस्थामा म आबद्ध छैन तर पनि मलाई देश प्रति चिन्ता छ।अहिलेको कम्युनिस्ट सरकारले १९०३ तिरको राणा शासन जस्तो एकलौटी शासन देखाएर जनतालाई शोषण गरिरहेको छ।हामीले जहिल्यै पनि यो भने गर्छौ कि देश संघीयतामा गइसकेपछि प्रत्येक व्यक्तिलाई प्रेस स्वतन्त्रताको हकअधिकार चाहिन्छ तर यो स्वतन्त्रता जनतालाई छैन। कुनै भ्रष्टाचार प्रति जनताले आवाज उथायो भने पुलिस प्रशासनले जनतालाई हडकडी लगाएर जनतालाई कुटपिट गर्ने जस्ता कामहरु हुन्छ।

देशमा विभिन्न अपराधीक घटना बल्तकार,हत्या,हिन्सा जस्ता घटना हरुलाई छानबिन गर्न नसक्ने प्रशासनले देशको स्वाधीनतालाई बचाउन सक्दैन। अब कम्युनिस्ट सरकार बाट हामी जनताले प्रगतिको के अपेक्षा गर्नेत। किसान,मजदुर,व्यपारीको अवस्था हिजो जस्तो थियोे आज त्यो भन्दा पनि नाजुक छ। यसमा कुनै व्यवस्थानै छैन। अहिलेको वर्तमान सरकार तिन तहको भएतापनि समस्या उस्तै छ। २०६७ सालमा केन्द्रीय सरकारले सातवटे प्रदेशलाई त्यहाँको समस्याको आधारमा बजेट विनियोजन गरेको छ।

तर अहिलेसम्म प्रदेश सरकारले त्यो रकमलाई कसरी केमा लगानी गर्ने भने विषयमा विभिन्न संस्था र स्थानीय जनप्रतिनिधि हरुमा विवाद भइरहे छ।अनि कसर हुन्छ देशको विकास सर्वप्रथम त प्रदेश सरकारले त्यो विनियोजन गरिएको रकमलाई (१) कृषि क्षेत्रमा लगानी गर्नु (२) शिक्षा स्वास्थ (३) सडक निर्माण यदि सरकारले यो तीन वटा विषयलाई पहिलो प्राथमिकता दिने हो देशको विकास अवश्य हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।