0 COMMENTS

काठमाण्डाै२०असार/बुढानिलकण्ठ नगरपालिका वडा -६ मा उद्घोषण कलाको तालिम शुरु भएको छ। मानव अधिकारका लागि महिलाको छ्हारी भवनमा आयोजना भएको सो उद्घाटन कार्यक्रमको प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिका कि उप प्रमुख रमा राई रहेकी थिइन भने वडा -६ का अध्यक्ष बस नवीन केसि , गैर सरकारी संस्था महासंघ काठमाडौंका अध्यक्ष प्रदिप डङोल विशिष्ट अतिथि रहेका थिए ।

बुढानिलकण्ठ नगरपालिका प्राविधिक शिक्षा ,सीप विकास तथा तालिम ब्यवस्थापन समितीकि संयोजक सुमित्रा त्रिपाठी पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा सदस्यहरु नानू खड्का , राममाया महर्जन ,अनिता पुर्कुटी लगायत अतिथि रहेका थिए। सो कार्यक्रममा बोल्दै प्रदिप डङोलले वाक कलाको महत्वका वारेमा प्रकाश पारेका थिए भने वडा -६ का अध्यक्ष नवीन केसिले तालिमले नेतृत्व क्षेमता विकास गरेर ब्यक्तित्व विकासमा सहयोग पुग्ने धारणा राखेका थिए। त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि रमा राईले नगरपालिकाको आयोजना भएको यस कार्यक्रमले सामाजिक र सार्वजनिक जीवनमा महत्वपुर्ण भुमिका खेल्ने भएकोले तालिममा सकृयता पुर्वक सहभागी बन्न आग्रह गरेकी थिइन ।

वर्तमान समय बोल्ने कलालाई ब्यवसायिक रूपमा प्रयोग गर्न सकिने बताउदै त्यसमा नगर पालिकाले हरेक किसिमको सहयोग रहने प्रतिवद्त्ता व्यक्त गरेकी थिइन । कार्यक्रम संचालन ,भाषण कला र जनसम्पर्क विकास जस्ता विषयमा शैदान्तिक तथा प्रयोगात्मक कक्षा हुने सो तालिम १० दिन सम्म चल्नेछ। बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडामा संचालन हुने उक्त तालिम अहिले सम्म सम्म वडा १, ४,५,८,९,१०र ११ मा भएको र बाँकि वडामा पनि हुने तालिम समितिकि संयोजक सुमित्रा पान्डेले बताइन् कार्यक्रम संचालन ,भाषण कला र जनसम्पर्क विकास जस्ता विषयमा शैदान्तिक तथा प्रयोगात्मक कक्षा हुने सो तालिम १० दिन सम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।