0 COMMENTS

बासुदेव सेढाइ,१३असार/ बिश्व वातावरण संरक्षण,निशुल्क फलफूल प्रदान , बिश्वमा शान्ति एकता सद्भाव कायम रहाेस् भन्ने उद्देश्य राखेर २०७५ साल मंसिर २९ गते लमजुङको बेसीशहर बाट सुरुवात गरिएको जन्मदिनमा बृक्षराेपण अभियान अहीले देशभर फैलिएको छ ।

काठमाडौंकाे शंखपार्कमा असार १३ गते अाफ्नाे जन्मदिनको अवसरमा बृक्षराेपण गर्न पुग्नुभएका गाेर्खा नगरपालिका वडा नं १४ निवासी ( हाल काठमाडौं ) खेल क्षेत्रमा साथै सामाजिक गतिविधिमा पनि उत्तिकै खट्ने खेलाडी यबं सामाजिक ब्यक्तित्व महत समाज नेपालका केन्द्रीय सदस्य ईन्द्र बहादुर महत युवराजले अाफ्नाे जन्मदिन बृक्षराेपण गरेर मनाउन पाउँदा अत्यन्तै खुसी साथै नयाँ महशुस भएको बताउनुभयो । बर्ष दिनमा न्युनतम एक वृक्ष राेप्ने र जन्मदिनमा वृक्ष राेप्ने अभियानले बार्षिक करोडौं रुख राेपिने हुनाले यसले वातावरण संरक्षणमा ठुलो सहयोग गर्छ ।

नयाँ र सकारात्मक कामको थालनी भएकोले यसलाई महत्त्व दिएर अगाडि बढाउनु पर्छ भन्ने उहाँको तर्क छ । कार्यक्रममा उपस्थित जन्मदिनमा बृक्षराेपण अभियानका अभियान्ता राष्ट्रनिर्माण शक्तिका अध्यक्ष सुरेश गिरिले बनजंगलकाे बिनाशले पृथ्वीमा बढ्दै गएको तापक्रम , वायुमण्डल प्रदुषण , बाढी पहिरो नियन्त्रण गर्न पनि फेरि बनजंगल हराभरा बनाउनुपर्ने धारणा राख्नुभएको थियोे । वातावरण प्रदुषणले मानव जीवनमा गम्भीर समस्या देखा परेकाले यसलाई बेलैमा समाधानका उपायबारे खाेजि गर्नुपर्ने बिचार राख्नुभयाे ।

देख्दा सामान्य लागेपनि अभियानकाे उद्देश्य ठुलो र सम्पूर्ण मानव जाती, प्रकृति , पृथ्वीमा रहेका सम्पूर्ण प्राणी हरुकाे हितमा रहेकोले अभियान अगाडि बढाउन सबैकाे साथ सहयोग र समर्थन अावस्यक रहेको बताउनु भयो । अभियानकाे बारेमा जानकारी गराउन बेला बेलामा सम्बन्धित बिषयमा छलफल र अन्तरक्रिया कार्यक्रमकाे अायाेजना गर्नुपर्ने र सम्बन्धित निकायले चासाे दिएर याे अभियानमा साथ दिनसके अभियान सफल हुने बिश्वास ब्यक्त गर्नुभयो । काठमाडौंकाे शंखपार्कमा स्वमिकाे रुख राेपेर जन्मदिनमा बृक्षराेपण कार्यक्रम सम्पन्न भएको थियोे :

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।