एसईई परीक्षाको नतिजा आज, सम्पूर्ण तयारी पूरा-यसरी हेर्नुहाेस

2019-06-27   शिक्षा

काठमाडौं१२असार/ माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज (बिहीबार) प्रकाशन हुने भएको छ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

नतिजा प्रकाशनका लागि आज दिउँसो १ बजे बोर्डको बैठक बोलाइएको छ । यसअघि बुधबार नै बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने तयारी भए पनि पुनः परीक्षण नसकिएकाले बैठक सरेको हो।

यस वर्षको परीक्षामा नियमिततर्फ ४ लाख ५० हजार १ सय ८६ र आंशिक गरी जम्मा ४ लाख ७५ हजार परीक्षार्थी सहभागी छन्। छात्रा २ लाख ३८ हजार ५ सय ५८ र छात्र २ लाख ३६ हजार ४ सय छन्। यीमध्ये सामुदायिक विद्यालयबाट ३ लाख ४० हजार १ सय ९६ र निजीबाट १ लाख ३४ हजार ८ सय सहभागी छन्। नतिजा हेर्नकालागी नेपाल टेलीकमकाे मावाएल बाट  see _symbol NO.Send to 1600